अभिनेत्री श्रीदेवीको निधन

भारतीय अभिनेत्री श्रीदेवीको ५५ वर्षको उमेरमा निधन भएको छ । श्रीदेवीको हृदयाघातका कारण दुबईमा निधन भएको हो । श्रीदेवीलाई हिन्दी चलचित्रको पहिलो महिला सुपरस्टार भनिन्थ्यो । 
 
१३ अगस्ट १९६३ मा तमिलनाडुमा जन्मिएकी श्रीदेवीले करिव ४ वर्षको उमेरबाटै आफ्नो करियरको सुरुवात गरेकी थिईन् । तमिल फिल्म ‘कन्धन करुणई’मा पहिलो पटक गरेकी उनले बाल कलाकारका रुपमा तेलुगु र मलयालम चलचित्रमा पनि अभिनय गरेकी थिईन् । 
 
दक्षिण भारतीय चलचित्रमा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारको रुपमा ‘सोलहवा साल’बाट हिन्दी चलचित्रमा अभिनय शुरु गरेकी थिइन् । त्यसयता हिम्मतवाला, तोहफा, मिस्टर इन्डिया, नगीना जस्ता सुपरहिट चलचित्रमा जिवन्त अभिनय गरेकी श्रीदेवी सन् १९९७ मा चलचित्र ‘जुदाई’ पछि१५ वर्षका चलचित्रबाट रहिन । १५ वर्षपछि पर्दामा फर्कदा पनि उनको चलचित्र सुपरहिट बनेको थियो । उनले करिव ३ सय अटा चलचित्रमा अभिनय गरेकी छिन् ।
 
सन् २०१३ मा पद्मश्री सम्मान पाएकी श्रीदेवीको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् । श्रीदेवी भतिजको विवाहका लागि दुबई गएकी थिइन् ।
loading...


Exclusive News : यो पनि पढ्नुहोस

Advertisement

Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress