लिभरपुल दोश्रो स्थानमा उक्लियो


फाल्गुन १३, २०७४ इङ्गिलस प्रिमियर लिग फुटवलमा गएराती वेस्ट ह्यामलाई पराजित गर्दै लिभरपुल दोश्रो स्थानमा उक्लिएको छ । वेस्ट हामलाई ४–१ गोलअन्तरले हराउँदै लिभरपुल ५७ अंकसहित तालिकाको दोश्रो स्थानमा उक्लिएको हो । पहिलो स्थानमा रहेको म्यानचेस्टर सिटीको ७२ र तेश्रो स्थानको म्यानचेस्टर युनाईटेडको ५६ अंक छ ।

लिभरपुलका लागि इमर क्यान, मोहम्मद सलेह, रोबर्टो फिर्मिनो र सेडियो मानले गोल गरे । वेस्ट हामका एन्टोनियोले सान्तवना गोल फर्काए । अन्य खेलमा ब्राईटन एण्ड होभ एल्बियनले स्वान्सी सिटीलाई ४ –१, हडर्सफिल्ड टाउनले वेस्ट हामलाई २–१, वाटफोर्डले एभर्टनलाई १–० ले पराजित गर्दा लेस्टर र स्टोक सिटी तथा बन्र्ली र साउथहेप्टनले १–१ तथा बर्नमाउथ र न्यूक्यासलले २–२ गोलको बराबरी खेलेका छन् । हारसँगै स्वान्सी सिटी पुन: रेलिगेशन जोनमा धकेलिएको छ ।

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress