उत्तर कोरियामाथि हालसम्मकै ‘कडा नाकाबन्दी’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाविरुद्ध  हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा गर्नुभएको छ । पटक–पटकको चेतावनीका बाबजुद उत्तरले आफ्ना आणविक कार्यक्रम नरोकेको भन्दै राष्ट्रपति ट्रम्पले पछिल्लो घोषणा गर्नुभएको हो  ।
ट्रम्पको यो कदम उत्तर कोरियाली मात्रै नभई चिनियाँ तथा ताइवानी पानीजहाज कम्पनीप्रति पनि लक्षित हुने ह्वाइस हाउसले जनाएको छ । नाकाबन्दीमा ५० वटाभन्दा बढी पानीजहाज कम्पनीलाई निशाना बनाइएको छ । तीमध्ये उत्तर कोरियाका १६, हङकङका पाँच, चीनका दुई, ताइवानका दुई र पनामा तथा सिंगापुरका एक/एक कम्पनी छन् । उत्तर कोरियाले पछिल्लो एक दशकयता नै अमेरिकाको विभिन्न नाकाबन्दी खेप्दै आएको छ । यसअघि गत डिसेम्बरमा संयुक्त राष्ट्र संघले उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले कटौती गर्ने गरी विभिन्न नाकाबन्दीहरु लगाएको थियो । उत्तर कोरियाले भने राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको चर्को आलोचना र प्रतिबन्धका बाबजुद आफ्ना आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

loading...


Exclusive News : यो पनि पढ्नुहोस

Advertisement

Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress