गर्भवती सेलिना जेट्लीले बाथटबमा खिचिएको नग्न तस्बिर सार्वजनिक गरेपछि विवाद

बीबीसी

बलिउड अभिनेत्री र मिस इन्डिया सेलिना जेट्ली एक पटक पुनः जुम्ल्याहा सन्तानकी आमा बन्ने तयारीमा छिन् ।

दोस्रो पटक आमा बन्न लागेकी सेलिनाले आफ्ना विभिन्न फोटो सोसल मिडियामा सेयर गर्ने गर्दछिन् ।

सेलिना अहिले अस्ट्रियामा छिन् र बेबी मूनको मज्जा लिइरहेकी छिन् । केही दिन अघि उनले आफ्नो सोसल ह्यान्डलमा एउटा तस्बिर सेयर गरेकी छिन् । तस्बिरसहित सेलिनाले भविष्यका आमाहरुका लागि सन्देश पनि दिएका छन् । बाथ टबमा खिचिएको उक्त तस्बिरमा सेलिनाले आफ्नो ‘बेबी बम्प’ देखाइरहेकी छिन् ।

Celina Jetley

बेबी बम्प देखाउँदै खिचिएका विभिन्न तस्बिर उनले पहिले पनि सार्वजनिक गर्दै आएकी छिन् । योभन्दा अघि पनि उनले बेबी बम्प देखाउँदै बिकिनी फोटोसुट गराइसकेकी छिन् । एकातर्फ आफ्नो नयाँ तस्बिरमार्फत सेलिनाले सन्देश दिने कोसिस गरेकी छिन् भने दोस्रोतर्फ यसबारे निकै विवादास्पद प्रतिक्रिया पनि आइरहेको छ ।

सेलिनाले उक्त तस्बिर र सन्देश मिस मालिनी नामक एक वेबसाइटसँगै साझा गरेकी छिन्  र त्यसलाई आफ्नो विभिन्न सोसल ह्यान्डलमा सेयर गरेकी छिन् ।

आफ्नो सन्देशमा उनले महिलालाई ‘नेगेटिभ बडी इमेज’बाट बाहिर निस्कनका लागि सन्देश दिएकी छिन् जस्तो कि साधारणतया यसलाई गर्भावस्थासँग जोडेर हेरिन्छ । उनको उक्त तस्बिर उनका श्रीमान् पिटरले खिचेका हुन् । सेलिना थप्छिन्, ‘महिला भएपछि हामीले आफ्नो शरिरको विषयमा राम्रो महसुस गर्न आवश्यक छ र गर्भावस्थाका बेला हुने परिवर्तनलाई स्वागत गर्नुपर्ने हुन्छ ।’

एकातिर सेलिनाको यो सन्देश संसारभरीका महिलाका लागि हो भने केही मानिसहरुलाई भने उनको सन्देश दिने तरिका मन परेन ।

गौरव लेख्छन्, ‘यो मूर्खताबाहेक अरु केही होइन । मैले यो पटक्कै बुझ्न सकेको छैन कि मानिसहरु बेबी बम्प देखाउँदै नग्न फोटो सेयर गरेर के पुष्टि गर्न चाहन्छन् । यो सबै कपडा लगाएर पनि गर्न सकिन्थ्यो ।’

अनिल राउत लेख्छन्, ‘यस्ता तस्बिर पोष्ट गर्न किन आवश्यक ? यदि तपाईं गर्भवती हुनुहुन्छ भने आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् ।’

अरधेन्दु पाल पनि सेलिनाको यो तस्बिरले खुसी छैनन् । उनले लेखेका छन्, ‘यस्ता तस्बिर सेयर गर्न किन आवश्यक छ ?’

बिरु लेख्छन्, ‘सन्देश दिनका लागि अन्य उत्कृष्ट तरिका पनि हुनसक्छन् ।’

यस्तै, रोहन शर्माले सेलिनाको पोष्टको समर्थन गरेका छन् । उनले लेखेका छन्, ‘मानिसहरुले पूरा पोष्ट पढेर मात्र कुनै कुराप्रति धारणा बनाउनुपर्छ । यसमा निकै सकारात्मक सन्देश दिइएको छ ।’

यस्तै अनुले पनि सेलिनाको यो पोष्टलाई एक बलियो र आवश्यक सन्देश बताएकी छिन् ।

 

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress