दंग परिन् झरना

काठमाडौं – अभिनेत्री झरना थापा अहिले दंग छिन् । उनको डेब्यु निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर २’ले देशभर राम्रो ब्यवसाय गरिरहेको छ । ब्यवसाय के हुने हो भन्ने डरैडरमा रिलिज गरेकी उनी चलचित्रको ब्यवसायबाट निकै उत्साहित समेत बनेकी छन् । 

‘ए मेरो हजुर २’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र हो । शुक्रबारबाटै राम्रो दर्शक पाएको चलचित्रले शनिबार पनि दर्शकको राम्रो साथ पाएको झरनाले बताइन् ।

‘निर्देशनमा डेब्यु चलचित्र भएकोले निकै डर थियो’ झरनाले भनिन् ‘दर्शकको यो साथले अझ अगाडि बढ्न हौसला थपेको छ ।’ चलचित्रको बिषयबस्तु दर्शकले मन पराएको झरनाको भनाई छ ।

झरनाले चलचित्रको बारेमा दर्शकको बिचार बुझ्ने समेत कोसिस गरेकी छन् । शुक्रबार र शनिबार उपत्यकाको बिभिन्न चलचित्र भवनमा पुगेर उनले दर्शकको धारणा बुझेकी हुन् । सोही क्रममा उनले दर्शकसँग बसेर चलचित्र समेत हेरको बताइन् ।

चलचत्रिले शनिबार देशभरबाट १ करोड ६० लाख ३० हजार ग्रस कलेक्सन गरेको निर्माता झरनाको भनाई रहेको छ । उनको भनाई सहि हो भने यो चलचित्रले ‘लूट २’को पहिलो दिनको रेकर्ड ब्रेक गरेको छ । 

शनिबार राजधानीबाट ‘ए मेरो हजुर २’ले ८७ लाख, ७५ हजार र बाँहिरबाट ७२ लाख, ५५ हजार कलेक्सन गरेको निर्माता सुनिल कुमार थापाले बताए ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापा निर्मित चलचत्रिमा सलिनमान बनियाँ, सलोन बस्नेत, राज्यलक्ष्मी शाह, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ । हरिहर अधिकारीको कथा र सामिप्यराज तिमेल्सिनाको पटकथा चलचित्र चलचित्रमा रहेको छ ।

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress