जितुले फेरि ‘जिरेखुर्सानी’ ल्याउने

काठमाडौं– कुनै समय नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय हाँस्य हाँस्यश्रृखला ‘जिरे खुर्सानी’ पुनः प्रसारण हुने भएको छ । श्रृंखला परिस्कृत र नयाँ शैलीमा आउन लागेको हो ।

श्रृंखलाको केही दिन अगाडि टाइटल गीत छायाँकन गरिएको छ । टाइटल गीतमा हाँस्यकलाकार जितु नेपाल, राजाराम पौडेल, निरज नेपाल र कार्टुन्ज क्रुका सरोज अधिकारीले अभिनय गरेका छन् ।

जितु नेपालकै निर्देशनमा श्रृंखला बन्न लागेको हो । पहिलेको श्रृंखला पनि जितुले नै निर्देशन गरेका थिए । श्रृंखलाको पुरानै गीतलाई अहिले नयाँ शैलीमा बनाइएको छ । टंक बुढाथोकीको संगीत र जितु नेपाल र टंकको स्वर गीतमा रहेको छ । 

जितु अहिले अुम्बु अवार्डका लागि अमेरिकामा छन् । उनी स्वदेश फर्किएपछि श्रृंखलाको सुटिङ सुरु हुनेछ । 

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress