यामाहा एफजी २५ बाइक सार्वजनि

भाद्र १, २०७४- नेपालका लागि यामाहा बाइक तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले एफजी २५ बाइक सार्वजनिक गरेको छ । अत्याधुनिक फयुल इन्जेक्सन प्रविधि रहेको यस बाइकमा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको इन्जिन रहेको जारी विज्ञप्तिमा उल्लेख छ । बाइकमाथि नियन्त्रण सहज पार्न यसको तौल १४८ केजी रहेको जनाइएको छ । नेपाली सडक सुहाउँदो बनाइएको ‘स्ट्रिट फाइटर’ ले अधिकतम माइलेज दिनुका साथ वातावरणमैत्री पनि पनि रहेको विज्ञप्तिमा जनाइएको छ । नयाँ बाइक तीन रङ ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’ मा उपलब्ध रहेको कम्पनीले जनाएको छ । एमएडब्लू इन्टरप्राइजेजले एफजी २५ को बजार मूल्य ३ लाख ४४ हजार ९ सय रुपैयाँ तोकेको छ । यसमा यामाहाको प्योटेन्टेड ब्लुकोर इन्जिन रहेको कम्पनीले जनाएको छ ।

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress