कामअनुसार आहार

कार्तिक २२ , २०७४ फिल्डमा काम गर्ने महिलाहरूलाई सबैभन्दा ठूलो समस्या भनेकै कुन समयमा के खाने भन्ने हो । उनीहरूको जीवनचर्या अनिश्चित हुन्छ । त्यसैले बिहानको चिया, खाना तथा खाजा खाने निश्चित समय हुँदैन । फिल्डका काममध्ये मार्केटिङ, सेल्स, सिविल इन्जिनियरिङ, पत्रकारिता  आदि बाहिर काम गर्नेहरूलाई बिहान घरबाट चिया सेवन गरी निस्किएपछि बीचमा खाना खाने समय निकाल्न निकै गार्‍हो हुन्छ । उनीहरू कामका दौरान कहाँ हुन्छन् थाहा हुँदैन । कहिले उनीहरू मिटिङमा हुन्छन् त  कहिले फिल्डमा हुन्छन् । उनीहरू कहिलेकाहीँ बढी भोक लाग्दा बढी खाना पनि खान्छन् ।
यसरी खाना खाँदा मेटाबोलिज्म सिस्टम असन्तुलित हुन्छ ।
यस्ता महिलाहरूलाई प्रतिदिन लगभग १६ सय देखि १८ सय किलो क्यालोरी आवश्यकता हुन्छ ।
त्यसमा २० ग्राम बोसो, ४ सय ग्राम क्याल्सियम, ३० मिलि ग्राम आइरन हुनुपर्छ ।
बाहिरको खानाबाट बच्नुपर्छ ।
खाली पेट बस्नु हुँदैन । गर्मीमा चिसो खाद्यपदार्थ सेवन गर्नुपर्छ ।

बिहान १० देखि बेलुकी ५ बजेसम्म काम गर्ने महिलाहरूले आफ्नो खानपानमा सचेत रहनुपर्छ । ७ देखि ८ घन्टा लगातार बस्दा उनीहरूको शारीरिक गतिविधि कम हुन्छ । त्यसैले भोजनबाट जति क्यालोरी लिइन्छ त्यो खर्च हुन पाउँदैन । यो शरीरमा जम्मा भएर बस्छ । यसले वजन बढाउँछ । डेस्कमा काम गर्नेहरूले भटमास, दूध, चिकेन, फिस आदि खानुपर्छ । उनीहरूलाई प्रतिदिन १ हजार ८ सय ७५ किलो क्यालोरीको आवश्यकता हुन्छ ।

सुझाव
ब्राउन ब्रेड, सिरियल्स, फल, तरकारी तथा दही सेवन गर्नुपर्छ ।

सुझाव
आफ्ना लागि खाना लिएर हिँड्नुपर्छ ।
बाटोमा जुस सेवन गर्न सकिन्छ ।
चिल्लो–पिरो वस्तुहरूबाट टाढै रहनुपर्छ । चिल्लो पिरो वस्तुले एसिडिटी हुन सक्छ ।
राम्रो ब्रेकफास्ट लिनुपर्छ, जसमा एक गिलास दूध, फ्रुट जुस, स्यान्डबिच, सलाद आदि होस् ।
दिनभरिमा ३ देखि ४ लिटर पानी पिउनुपर्छ ।
गर्मीमा लस्सी, कागती पानी, जुस आदि पिइरहनुपर्छ ।

के नखाने
बाहिरको खानाबाट बच्नुपर्छ ।
बाहिर काटेर राखेका फलफूलबाट बच्नुपर्छ ।
खाली पेट बस्नु हुँदैन । ब्यागमा बिस्कुट, पानी तथा जुस राख्नुपर्छ ।
चिल्लो कम भएका खाद्यपदार्थमा जोड दिनुपर्छ ।
बिहान चाँडै उठ्ने बानी बसाल्नुपर्छ ।
लन्च नास्ताभन्दा हलुका हुनुपर्छ । एक बाउल सलाद र सुप खान सकिन्छ ।
साँझ कुनै एउटा फल, रोटी तथा सलाद खानुपर्छ ।
रातको खाना ९ बजेभित्र खाइसक्नुपर्छ ।
शिक्षिकाहरूका लागि
शिक्षिकाहरूले शारीरिक तथा मानसिक रूपमा बराबर काम गर्नुपर्छ । त्यसैले उनीहरूलाई पौष्टिक तथा सन्तुुलित आहारको आवश्यकता पर्छ । उनीहरूलाई प्रतिदिन १८ सयदेखि २ हजार किलो क्यालोरीको आवश्यकता पर्छ । यसका साथै प्रतिदिन २० देखि ४० ग्राम प्रोटिनको आवश्यकता पर्छ । शिक्षिकाहरूले प्रशस्त मात्रामा कार्बाेहाइड्रेट, क्याल्सियम तथा प्रोटिन सेवन गर्नुपर्छ ।

सुझाव
बिहान नास्तामा सिरियल्स, दूध भएको दलिया, जुस तथा भेज स्यान्डबिच खानुपर्छ ।
घरबाट आफ्नो खाना लिएर निस्कनुपर्छ ।
सम्भव भए पानी साथमा लिएर जानुपर्छ ।
लन्चमा चीज एबोकाडो, सलाद तथा दलिया खान सकिन्छ ।
स्कुलमा लन्च ब्रेक चाँडै हुन्छ । त्यसैले हेभी भोजन गर्नु हुँदैन । त्यसले अपच निम्त्याउँछ ।
साँझ हलुका स्न्याक्स लिनुपर्छ । राति चाँडै खाना खानुपर्छ ।
के नखाने ?
केक, पेस्ट्री तथा भुटेका कुराहरू बढी सेवन गर्नु हुँदैन ।
राति गरिष्ट भोजन गर्नु हुँदैन ।
धेरै चिया पिउनु हुँदैन ।

राति काम गर्नेहरूले
हिजोआज कामको चाप बढी छ । त्यसैले बिहानदेखि बेलुकासम्म काम गर्नुपर्ने हुन्छ । रात्रि सिफ्टमा लामो समयसम्म काम हुन्छ जसले गर्दा दिनचर्या अनियमित हुन्छ । खाने–पिउने समय हुँदैन ।

सुझाव
घर आएपछि सुत्नुपर्छ । २ हजार क्यालोरीयुक्त खाना खानुपर्छ ।
लन्चमा सादा भोजन गर्नुपर्छ ।
साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म काम गर्ने हो भने ७ बजे सन्तुलित भोजन गर्नुपर्छ । त्यसमा दाल, रोटी, हरियो तरकारी, सलाद तथा सुप उपयुक्त हुन्छ ।
साँझ धेरै मसला भएको खानेकुरा खानु हुँदैन । भात तथा मासु पनि बढी खानु हुँदैन ।
कतिपय महिलाहरू नाइट सिफ्टमा बढी चिया, कफी तथा चुरोट पिउँछन् । त्यसले मेटाबोलिज्म सिस्टमलाई प्रभावित गर्छ । त्यसको साटो लस्सी, जुस तथा मोही सेवन गर्नुपर्छ ।

के नखाने ?
घर आएपछि बढी तरल पदार्थ पिउनु हुँदैन ।
रात्रि भोजनमा मासु तथा मासको दाल र भात खानु हुँदैन ।
धूम्रपान एवं मद्यपानबाट टाढै रहनुपर्छ ।
बढी मसलायुक्त एवं तारेका चीजबाट जोगिनुपर्छ ।

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress