दिउँसो २ बजेको अपडेट : १ महानगर र ७ उपमहानगरमा को अगाडि ?

काठमाडौं– चर्चामा रहेको विराटनगर महानगरपालिका र अन्य सात उपमहानगरपालिकामा रोचक भीडन्त देखिएको छ ।
 
शनिबार दिउँसो २ बजेसम्मको परिणाम अनुसार पूर्वी नेपालको ठूलो शहर विराटनगरमा काँग्रेसको अग्रता छ । 
विराटनगर महानगरपालिकामा  कांग्रेसका भीम पुराजुलीको १९५४ मत आएको छ । एमालेका  विनोद ढकाललाई  १३६६ मत परेको छ । फोरमका उमेशकुमार यादवलाई १०१० मत परेको छ ।  
 
त्यसबाहेक दाङका दुई उपमहानगरपालिकामा एमालेको अग्रता छ । घोराही उपमहानगरपालिकामा कांग्रेसका भूपबहादुर डाँगी को  ६०२८ मत र एमालेका नरुलाल चौधरीलाई ७९९० मत परेको छ ।  माओवादीका जीवन गौतमलाई ३८८० मत प्राप्त भएको छ ।
 
त्यसैगरी तुल्सीपुर उपमहानगरपालिकामा कांग्रेसका  गेहेन्द्र गिरीलाई ३२०० मत, एमालेका घनश्याम पाण्डेलाई ३६८४ मत र  माओवादीका शेशुराम भण्डारीलाई ८५४ मत प्राप्त भएको छ ।
 
उता पूर्वी नेपालको इटहरी उपमहानगरपालिकामा काँग्रेसको अग्रता छ, जहाँ रोहित प्रसाईंलाई ३४१५ र एमालेका  द्धारीकालाल चौधरीलाई ३१२८ मत प्राप्त भएको छ ।
 
नेपालगंज उपमहानगरपालिका काँग्रेस एमालेलाई पछि पार्दे राप्रपा अगाडि छ । राप्रपाका राणालाई ३७२३,   कांग्रेसका डा. सुरेन्द्र कुमार कनौडियालाई २१४५, माओवादीका दामोदर आचार्यलाई २००९ मत प्राप्त भएको छ ।
 
यसबाहेक धरान उपमहानगरपालिकामा कांग्रेसका तीलक राईलाई १९३२, एमालेका तारा सुव्वालाई १६८९ र माओवादीका अइन्द्रविक्रम नेम्वाङलाई ९९७ मत प्राप्त भएको छ ।
 
धनगढी उपमहानगरपालिकामा काँग्रेस अगाडि छ । कांग्रेस नृप बडलाई २२६६ मत,  एमालेका दूर्गा जोशीलाई १९९७ मत र गोपाल हमाल स्वतन्त्रलाई १८३५ मत प्राप्त भएको छ ।
 
पाँच नम्वर प्रदेशमा रहेको बुटवल उपमहानगरपालिकामा कांग्रेसका खेलराज पाण्डेलाई ४९९८ मत  र एमालेका शिवराज सुवेदीलाई ५१०३ मत प्राप्त भएको छ ।

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress