‘डेन्जरस’ सेलिब्रिटी

जेष्ठ, २०७४- सन् २०१६ मा गरिएको अध्ययनका अनुसार कमेडियन सुपरस्टार एमी स्कुमर सबैभन्दा डेन्जरस सेलिब्रिटी हुन् । ‘म्याकफे मस्ट डेन्जरस सेलिब्रिटी’ को पहिलो नम्बरमा उनको नाम आएको थियो । डरलाग्दा सेलिब्रिटीको सूचीमा जस्टिन बिबर, कार्सन डेली, विल स्मिथ, रिहाना, माइली साइरस र सेलेना गोमेज टप टेनभित्र परेका थिए ।

उनीहरू किन डेन्जरस भने इन्टरनेटमा यिनको नाम सर्च गर्दा भाइरस वा मालवेयर इन्फेक्टेड वेबसाइटमा पुग्ने खतरा ज्यादा हुन्छ । इन्टेल सेक्युरिटीले बर्सेनिी सार्वजनिक गर्ने यस्तो सूचीमा थुप्रै सेलिब्रिटीको नाम आउने गरेको छ । हयाकर, फिसर वा स्क्यामरहरूले सेलिब्रिटीको नामलाई भाइसरयुक्त साइटमा लिंक गराउने गरेका छन् । तसर्थ, आफूलाई मन परेको स्टारको खोजी गर्दा ध्यान दिन आवश्यक हुन्छ ।

‘साइबर क्रिमिनलहरूले सेलिब्रिटीको समाचार वा गसिप हेर्न रुचाउने इन्टरनेट प्रयोगकर्तालाई फसाउन सक्छन्,’ इन्टेल न्युज रुममा लेखिएको छ, ‘भाइरस भएका वेबसाइटमा प्रवेश गर्दा तिनले तपार्इंको पासवर्ड र व्यक्तिगत सूचना चोर्न सक्छन् । तपाईंको डिभाइस (कम्प्युटर, मोबाइल) नै बिर्गादिन सक्छन् ।’ सेलिब्रिटीबारे मान्छेको रुचि ज्यादा हुने भएकाले साइबर अपराधीहरूले यसको फाइदा उठाउने गरेका हुन् । 

इन्टेलका अनुसार एमी स्कुमरबारे इन्टरनेटमा खोज्दा अनुपयुक्त वेबसाइटमा पुग्ने खतरा ३३ प्रतिशत छ । जस्टिन बिबरबारे सर्च गर्दा १५, कार्सन डेली र विल स्मिथबारे गर्दा १३.४४, रिहानाबारे खोज्दा १३.३३ र सेलेना गोमेजबारे खोज्दा ११.११ प्रतिशत खतरा छ । यसअघिको अध्ययनमा डिजे आर्मिन भान बुरेन सर्वाधिक खतरनाक फेला परेका थिए । उनीबारे खोजी गर्दा ५ मध्ये एउटा साइट मालिसियस हुने जानकारी बाहिर आएको थियो । 

सन् २०१५ को सूचीमा गायक युसर, गायिका ब्रिट्नी स्पेयर्स, र्‍यापर जे जेड, गायिका केटी पेरी, लोर्ड लगायतको नाम डेन्जरस सेलिब्रिटीअन्तर्गत परेको थियो । सन् २०१४ मा जिम्मी किममेल, डिजे आर्मिन, फ्लोरिडा, ब्रिट्नी स्पेयर्स, क्रिस्टिना अगुलेराजस्ता सेलिब्रिटी हयाकरको निसानामा परेका थिए । सन् २०१३ मा भने इन्टेलले लिली कोलिन्स, एभ्रिल लाभिगन, सान्ड्रा बुलक, केटी पेरी, 
ब्रिट्नी स्पेयर्स, इमा रोबटर्स आदिको नाम प्रकाशन गरेको थियो । 

मान्छेहरू अचेल टीभी हेर्नुभन्दा इन्टरनेटमा भिडियो स्ट्रिमिङ गर्न बढी रुचाउँछन् । यस्तोमा अपराधीहरूले स्क्रिनमा पपुलर रहेका अनुहारलाई अनलाइनमार्फत दुरुपयोग गर्न थालेका छन् । कतिपय प्रयोगकर्तालाई योबारे थाहै नहुने गरेको प्रविधि विज्ञहरूको अनुभव छ । इन्टेलले नै पनि इन्टरनेटमा सेलिब्रिटीको समाचार खोज्नेलाई सर्तक रहन आग्रह गर्दै आएको छ । उसले भन्ने गरेको छ, ‘आधिकारिक वेबसाइट मात्रै खोल्ने गर्नुहोला । जे भेट्यो त्यसमा क्लिक गर्ने बानी त्याग्नुहोला ।’
यता, बलिउडमा अभिनेत्री सोनाक्षी सिन्हालाई सन् २०१६ की ‘मस्ट डेन्जरस सेलिब्रिटी’ को संज्ञा मिलेको छ । म्याकफेले नै गरेको साइबर सर्वेक्षणका अनुसार सोनाक्षीबारे अनलाइनमा खोजी गर्दा अनसेफ साइटमा कनेक्ट हुने खतरा ११.११ प्रतिशत छ । उनीपछि क्रमश: फरान अख्तर, करिना कपुर, टाइगर स्रोफ र अर्जुन कपुर, श्रद्धा कपुर, कृति सनोन, साहिद कपुर र प्रियंका चोपडा, विपाशा वसु, सैफ अलि खान र आलिया भट्ट टप टेनमा परेका छन् ।

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress