पुलिस क्लबमै सुरु गरे बाबुरामले धर्ना


चैत्र २०, २०७३- निर्वाचन आयोग अगाडि धर्नामा बसेका बेला पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराईले महेन्द्र पुलिस क्लवमा धर्ना सुरु गरेका छन् ।

२ नं. गण महाराजगञ्जबाट प्रहरीले महेन्द्र पुलिस क्लब भृकुटीमण्डपमा सारेलगत्तै भट्टराईससहित सांसद गंगा चौधरी, नेताहरु सीपी गजुरेल, परशुराम तामाङ, रामकुमार शर्मालगायतका नेताहरुले नेपाल पुलिस क्लबभित्रै धर्ना सुरु गरेका हुन् ।

संविधानको धारा २६९ (७०) र (७१) मा भएको दलहरुले दलीय पहिचानको आधारमा चुनाव चिन्ह पाउनुपर्ने प्रावधानविपरीत स्थानीय तह निर्वाचन ऐन २०७३ ले नयाँ दलहरुलाई दलीय चुनाव चिन्हबाट बञ्चिन गरेको भन्दै नयाँ शक्तिलगायतका साना दल आन्दोलित छन् ।

निर्वाचन आयोगले भने संसदमा प्रतिनिधित्व गर्ने २६ दललाई मात्रै आफ्नै चुनाव चिन्ह दिएको छ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress