‘अक्षयजस्तो पति हुँदा पनि म यौनदुर्व्यवहारको शिकार भएँ ’


मुम्बई – अक्षय कुमारकी पत्नी ट्वीकंल खन्ना पनि यौनदुर्व्यवहारको शिकार बनेकी छिन् ।

हालै एक भारतीय पत्रिकामा लेख लेख्दै उनले सो कुराको खुला गरेकी हुन् ।

उनका अनुसार केही वर्षअघि उनलाई मोबाइल एउटा मेसेज आएको थियो जसको कारण उनी तनावमा आएकी थिइन् ।

उनकै एउटा धनी क्लाइन्टले उनलाई अश्लिल सन्देश पठाएका थिए ।

‘त्यो मेसेजले म निकै आत्तिएँ तर मैले व्यवसायिक तरिकाले त्यसलाई सल्टाएँ,’ उनले लेखेकी छिन् ।

मिसेज फनीबोन्स र द लिजेन्ड अफ लक्ष्मीप्रसाद जस्ता चर्चित किताब लेखिसकेकी ट्वींकलले अगाडी लेखेकी छिन्, ‘मेरो विवाह यस्तो व्यक्तिसँग भएको छ जो चलचित्रमा मुक्का हानेर भित्ता फोड्न सक्छन् । यसको वावजुद मलाई समेत मानिसहरु छाडेनन् । कामका लागि घर छाडेर बाहिर जानुपर्ने महिलाहरुको हालत झन् के होला ?’

भारतमा ३८ प्रतिशत महिला कामको दौरान यौनदुर्व्यवहारको शिकार हुने एक तथ्यांकले देखाएको छ ।

काम गर्ने ठाउँ महिलाहरुसँग हुने व्यवहारको बारेमा पनि ट्वींकलले लेखेकी छिन् । महिलाहरुको पिछा नगर, छुने कोशिस नगर र भद्दा मेसेज र इमेल पनि नगर । ‘उनीहरुलाई हट र सेक्सीभन्दा पनि उनीहरुको प्रतिभाको तारिफ गर’ उनले लेखमा भनेकी छिन् ।
यस लेखको तारिफ अक्षय समेतले गरेका छन् ।

 

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress