डोल्पामा बिहानैदेखि हिमपात सुरु : किसान खुशी (हेर्नुहोस् ८ तस्विर)


डोल्पा–डोल्पामा शुक्रबार विहानैदेखि हिमपात सुरु भएको छ । गत बुधबार देखि शुक्रवारसम्म लगातार तिन दिनसम्मको बर्षातपछि आज जिल्लाभर हिमपात सुरु भएको हो । बर्षातसंगैको भारी हिमपातले डोल्पाली किसान खुशी भएका छन् । हिमपातसंगै बढेको अत्याधिक चिसोले जनजीवन प्रभावित बनेको छ ।

कृषिजन्य उत्पादनमा बृद्धि
झन्डै तीन महिनाको खडेरीपछि परेको बर्षातसंगैको भारी हिमपातले डोल्पाली कृषकहरुमा उत्साह छाएको छ ।यसबर्षको कृषिजन्य उत्पादनमा समेत बद्धि हुने भन्दै किसनहरुमा उत्साह छाएको हो ।


त्रिपुराकोट—२ का कृषक भिमप्रसाद देबकोटाका अनुसार खडेरील खेतवारीका अन्नवाली सुक्न थालेको अवस्थामा परेको बर्षा र हिमपातले राहत मिलेको छ । देवकोटा भन्छन् ‘ढिलै भएपनि बर्षात भएको छ,गरिखाने कृषहरुलाई केही भएपनि राहत मिलेको छ । ’

यसपटकको बर्षातसंगैको हिमपातले उत्पादन दश प्रतिशतले बृद्धिहुने कृषि विकास कार्यालय डोल्पाले जनाएको छ ।

डोल्पामा अहिले असार सम्ममा पाक्ने गरी खेतवारीमा जाँै,गहँु,उवा,आलु लगाएतका अन्नवाली लगाइएको छ ।


कर्णालीमै डोल्पा स्याउ,ओखर,आरु लगाएतका फलफुल उत्पादनमा समेत पटकक्षेत्रको रुपमा चिनिन्छ ।

चरनक्षेत्रलाई राम्रो

लामोसमय सम्म परेको खडेरीले पशुलाई आपवाश्यक पर्ने चरनक्षेत्रमा पनि हरियाली आउने छ । जसले पशुपालक कृषहरुलाई ठुलो राहात मिल्ने किसानहरुले बताएका छन् । अव घाँसपात प्रशस्त पलाउने भएकाले पशुपालक किसानलाई राहत पुग्छ स्थानीय रमेश देवकोटाले बताए ।

यार्सागुम्बा गुणस्तरमा बृद्धि

बर्षा र हिमपातले डोल्पामा पाईने वहुमुल्य जडिबुटी यार्सागुम्बाको परिमाण तथा गुणस्तरमा समेत बृद्धि हुने जिल्ला वन कार्यालय डोल्पाले जनाएको छ । यहाँ यार्सागम्बा पाईने पाटनहरु मात्र तीनसय भन्दा धेरै रहेकाछन । ति पाटनहरुमा बर्षमा हजारौ किलो यार्सागुम्बा संकलन गरिन्छ ।


बहुमुल्य जडिबुटि यार्सागुम्बा उच्च हिमाली क्षेत्रका ३५ सय देखि ४ सय मिटर सम्मको उचाईमा पाईने भएकाले यसकालागि अत्याधिक चिसो र समयमै हिमापात आवाश्यक पर्ने वन कार्यालयको भनाई छ ।डोल्पालीमात्र नभई छिमेकी जिल्लाबासीहरुको मुख्य आयस्रोतको रुपमा यार्सागुम्बा रहेकाले पनि हिमपातसंगै डोल्पालीहरुमा खुशियाली छाएको हो । यसबर्ष समयमै भारी हिमपात र बर्षा भएकाले तुलनात्मक रुपमा यार्सागुम्बा धेरै पाईने स्थानिय यार्सा संकलकहरुको दाबी छ । यार्सागुम्बा संकलनकोलागी बर्षेनी हजारौँ सर्वसाधारणहरु डोल्पाका यार्सागुम्बा पाटनहरुमा पुग्ने गर्दछन् ।

 
 

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress