अाेस्कर अवार्डकाे उत्कृष्ट फिल्म मुनलाइट, नायक कासेए अफ्लेक र नायिका एम्मा स्टोन


एजेन्सी । ८९ औं अाेस्कर अवार्ड समाराेह सकिएकाे छ । उक्त अवार्ड समाराेहमा हलिउड फिल्म ‘मुनलाइट’ बाट महेरशेला अलीले ओस्कर अवार्डको सहायक अभिनेता  पुरस्कार प्राप्त गरेका छन् । उनी उक्त  अवार्ड पाउने पहिलो मुस्लिम अभिनेता बनेका छन् ।

उत्कृष्ट अभिनेताको अवार्डमा ‘म्यानचेष्टर बाई द सी’ बाट कासेए अफ्लेकले हात पारे।

ला ला ल्याण्डबाट डामिएन चाजेले उत्कृष्ट निर्देशकको अवार्ड जिते भने एम्मा स्टोनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्।

लाला ल्याण्डले छवटा अवार्ड हात पारेको छ। ‘बेस्ट डाइरेक्टर’, ‘बेस्ट ओरिजिलन स्कोर’, ‘बेस्ट सङ’ यो फिल्मले जित्यो। ‘सिनेम्याट्रोग्राफी’ र ‘प्रोडक्सन डिजाइन’को अवार्ड पनि यही चलिचित्रको पोल्टामा पर्‍यो। यो चलचित्रले १४ विधामा मनोनित थियो।

उद्‍घोषकले पहिले देखि नै चर्चामा रहेको लाला ल्याण्डले  सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको घोषणा गरेका थिए।  तर, केहीबेरमा नै आयोजकले गल्तीका कारण यस्तो घोषणा भएको भन्दै ‘मुनलाइट’ले यो अवार्ड जितेको घोषणा गर्‍यो।

इरानी सिनेमा ‘द सेल्समेन’ विदेशी भाषाको सर्वश्रेष्ठ फिल्म बन्न सफल भएको छ ।

डेमियन चजेलले सर्वोत्कृष्ट निर्देशक अनि एम्मा स्टोनले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारे ।

कुल १४ विधामा मनोनयनमा परेको ला ला ल्यान्डले चार अवार्ड मात्र हात पा–यो ।

केसी अफ्लेकले म्यानचेस्टर बाई द सीका लागि सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पाए भने मेहरशाला अलि मूनलाइटका लागि सर्वोत्कृष्ट सहअभिनेता भए । त्यस्तै फेन्सेसका लागि भायोला डेभिसले सर्वोत्कृष्ट सहअभिनेत्रीको पुरस्कार जितिन् ।

विदेशी फिल्ममा भने इरानको फिल्म द सेल्सम्यानले अवार्ड हात पा–यो । यसअघि अ सेपरेसनबाट अस्कर जितेका असगर फरहादीको फिल्म हो यो ।

लस एन्जेलसमा भएको भव्य समारोहमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुदार नीतिप्रति प्रशस्त टिप्पणी र व्यंग्य गरिएका थिए । प्रसिद्ध शो होस्ट जिम्मी किम्मेलले शो सञ्चालन गरेका थिए । यस पटककाे अाेस्कारमा भारतीय कलाकारहरूकाे पनि उपस्थिति रहेकाे थियाे ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress