सरकार आफैंलाई फास्ट ट्रयाक बनाउन सुझाव समितिको सुझाव


 

काठमाडौं । सरकारले गठन गरेको सुझाव समितिले काठमाडौं—निजगढ सरकारले नै बनाउन सुझाव दिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठ संयोजकत्वमा रहेको समितिले आज प्रतिवेदन बुझाउँदै नेपाल सरकार आफैंले फास्ट ट्रयाक बनाउने गरी सुझाव दिएको हो ।

बिहान बालुवाटारमा मन्त्रीहरुको उस्थितीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समितीले प्रतिवेदन बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिवेदनमा समय र खर्चको बचतका लागि पुरानो कम्पनिले बनाएको डिपीआर लिनु उपर्युक्त हुने, फास्ट ट्रयाक नेपालको आफ्नै लगानीमा निर्माण गर्न सकिने, त्यसका लागि वार्षिक १० देखि २० अर्ब बजेटको व्यवस्था गर्न सकिने र नेपाल सरकार आफैले कार्यालय स्थापना गरेर काम सुरु गर्नु राम्रो हुने विषय समेटिएको संयोजक श्रेष्ठले जानकारी दिए ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले केही दिन पहिले आफुले फास्ट ट्रयाकको स्थलगत निरीक्षण गरेको स्मरण गर्दै भने, ‘फास्ट ट्रयाक नेपालले बनाउन सक्छ कि सक्दैन भन्ने बहस थियो, अब त्यो कन्फ्युजन अन्त्य भएको छ । अब छिटोभन्दा छिटो फास्ट ट्रयाक निर्माणको काम सुरु हुन्छ ।’ फास्ट  ट्रयाक कसरी बनाउने भन्ने विषयमा सुझाब लिन श्रेष्ठ नेतृत्वमा सात सदस्यीय समिति बिनाइएको थियो ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress