मेक्सिको सीमामा पर्खाल लगाउने ट्रम्पको घोषणा, ६ राष्ट्रका आप्रवासीलाई अमेरिका आउन रोक


काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा घोषणा गरेको वाचा अनुसार मेक्सिकोको सीमामा पर्खाल बनाउने घोषणा गरेका छन्।

बुधबार अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले ६ महत्वपूर्ण आप्रवासीका नाममा आदेश जारी गर्दै मेक्सिकोमाथि केही दिनमै पर्खाल लगाउने घोषणा गरेका हुन्।

d राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षालाई ध्यान दिँदै ६ मुस्लिम राष्ट्रका आप्रवासीहरुलाई आउन नदिन अस्थायी प्रतिबन्ध लगाउने आदेश दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

राष्ट्रिय सुरक्षालाई मध्य नजर गर्दै प्रतिबन्ध हुने राष्ट्रहरुमा सिरिया, इरान, इराक, लिबिया, यमन, सुडान र सोमालिया रहेका छन्।

राष्ट्रपति ट्रम्पले मंगलबार आफ्नो ट्विटरबाट ट्विट गर्दै भनेका छन् ‘राष्ट्रिय सुरक्षाको लागि भोली ठूलो दिन हुन्छ। यसका साथै हामी अरु कुरासँगै सीमामा पर्खाल बनाउनेछौ।’


अमेरिका-मेक्सिकोको सीमामा पर्खाल बनाउन संघीय सरकारले रकम निकासा गर्नेछ। यस्तै ट्रम्पले अर्को हप्ता सीमामा पर्खाल लगाउनेबारे मेक्सिकोकी राष्ट्रपति एनरिक पेना नियटोलाई राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भेटवार्ताको कार्यक्रम तय गरिएको छ।

ट्रम्पले घोषणा गरेको मुख्य योजनाहरुले धेरै भन्दा धेरै शरणार्थीहरुलाई अमेरिका प्रवेशमा कठिनाइ हुने सञ्‍चार माध्यमले दाबी गरेका छन्। तर धार्मिक अल्पसंख्यक र उत्पीडनमा परेका सिरिया लगायत अन्य मुस्लिम देशहरुमा रहेका क्रिस्चियनहरुलाई भने अमेरिकामा प्रवेश गर्न दिइनेछ। उनीहरुलाई पनि चार महिनासम्‍म भने अमेरिका प्रवेशमा रोक लगाइने छ।

यता, ट्रम्पले घोषणा गरेको ६ मुस्लिम देशका नागरिकलाई तत्कालै भिसा नदिन अमेरिकी विदेश मन्त्रालयले सम्बन्धित देशहरुलाई सूचना जारी गर्नेछ। यसको समयावधि एक महिनाको हुनेछ। यसैगरी निर्वासन जीवन बिताउन अमेरिका आएकाहरुबाट जन्मिएको बालबालिकाको संरक्षणको काम समेत बन्द गरिने भिसा विभागका कर्मचारीहरुले बताएको सञ्‍चार माध्यमले जनाएको छ।

यस्तै ट्रम्प राष्ट्रपतिको जिम्‍मेवारी सम्हालेको तीन दिनमा करीब १३६ सिरियनहरु आप्रवासीहरु अमेरिका आइसकेको अमेरिकाका आप्रवासी जनसंख्या विभागले जानकारी दिएको सीएनएनले जनाएको छ। एजेन्सी

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress