सलमानले ‘आइ हेट यू’ भनेपछि आमिरले दिए यस्तो जवाफ?


कुस्तीबाजको कथामा सलमान खानको ‘सुल्तान’ तथा आंमिर खानले ‘दंगल’ बनाउने भएपछि धेरैको अनुमान थियो: दुई मध्ये एक फिल्मलाई त्यसले घाटा पुर्‍याउनेछ। सो अनुमान एउटै विषयमा एकै वर्ष रिलिज गर्ने दुबै अभिनेताको तयारीलाई मध्यनजर गर्दै गरिएको थियो।

शुक्रबार ‘दंगल’ रिलिज भएपछि सो अनुमानले फेल खाएको छ। अब ‘दंगल’ राम्रो कि ‘सुल्तान’ भन्नेमा चर्चा केन्द्रित हुन थालेको छ। यस बारेमा विभिन्न मत-मतान्तर आउन थालिसकेका छन्।

यसैबिच सलमानले ‘दंगल’लाई लिएर दिएको प्रतिक्रियाले धेरैको ध्यान आकृष्ट गरेको छ।

सलमान खानले ट्विटमा यस्तो प्रतिक्रिया दिए,’आज साँझ मेरो परिवारले फिल्म ‘दंगल’ हेरे। उनीहरूको नजरमा ‘सुल्तान’ भन्दा ‘दंगल’ धेरै राम्रो बनेको छ। आमिर व्यक्तिगतरूपमा म तिमीलाई माया गर्छु तर व्यवसायिक रूपमा घृणा गर्छु।’

My Family saw today evening and thought it was a much better film than . Love u personally Aamir but hate u professionally !

 

सलमानको यस्तो ट्विटले आमिर र सलमानबिचको मित्रता कति गहिरो रहेको छ भन्ने संकेत गरेको बताएका छन्।सलमानको यस्तो ट्वीटपछि आमिरले ट्वीट गर्दै यस्तो प्रतिक्रिया दिए, जून सलमानको भन्दा कम थिएन।

‘सल्लु तिम्रो घृणामा मैले माया मात्र महशुस गर्छु। म तिमीलाई त्यसरी नै माया गर्छु जसरी घृणा गर्छु।’ 

 

My Family saw today evening and thought it was a much better film than . Love u personally Aamir but hate u professionally ! pic.twitter.com/sJlDG7u95c

@BeingSalmanKhan Sallu, in your “hate” I feel only love. “I love you like I hate you” 😘

 

 

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress