‘रोमियो’को ‘ल्याङ ल्याङ’ गीतको कभर भिडियो


एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘रोमियो’को ‘ल्याङ ल्याङ’ गीतको अडियो युटुबमा हिट भैरहेको छ । युटुबमा अडियो सार्वजनिक गरेर यसको निर्माणपक्षले कभर प्रतिस्पर्धाको आयोजना गरेको थियो ।

यो गीतको भिडियो बनाएर पठाउन आग्रह गरिएको थियो । जसबाट, उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्माणपक्षले बताएको थियो । निर्माता तथा नायक हसनराजा खानले एकपछि अर्को कभर गीत युटुबमा आउन थालेको जानकारी दिएका छन् । उनका अनुसार, कभर गीत बनाएर चर्चामा आएका समुह पनि यो प्रतिस्पर्धामा सहभागी भएका छन् ।

हालैमात्र, ‘द काटुन्ज क्रिउ’ले कभर गीत तयार पारेको छ । यो समुहले यस अगाडि अल्मोडा राना उप्रेतीको ‘फ्यान्टास्टिक’ बोलको गीतको कभर भिडियो बनाएर चर्चा पाएको थियो ।

यस्तै, ‘साइको जोकर्स’ समुहले पनि यो गीतको भिडियो तयार पारिसकेको छ । यस्तै, ‘द ब्याङ्ग अफ क्रिउ’ समुहले पनि गीतको कभर भिडियो तयार पारिसकेको छ ।

युटुबमा चर्चित समुहहरुले नै कभर भिडियो तयार पारेर अपलोड गरेपछि यसको निर्माणपक्ष अझ उत्साहित भएको छ । नीशा अधिकारी, मेलिना मानन्धर, हसनराजा खान, ओसिमा बनु लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रलाई शंकर कार्कीले निर्देशन गरेका हुन् । चलचित्र आउँदो बर्षको वैशाख २९ गते रिलिज हुनेछ ।

‘द ब्याङ अफ क्रिउ’ समुहले पनि आकर्षक भिडियो तयार पारेको छ ।

यो गीतमा सहिमा श्रेष्ठ र सुनिल पाण्डेको स्वर छ । सुनिलले नै गीतमा संगीत भरेका छन् । गीतका कारण पनि चलचित्रको व्यापारमा धेरै फरक पर्ने गरेको छ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress