भूकम्पले क्षतिग्रस्त सिंहदरबारका भवनको अध्ययन हुनै बाँकी !

काठमाडौं– सिंहदरबारको सबैभन्दा ठूलो र मुख्य भवन पहिलोचोक भवनको पश्चिम खण्ड भूकम्पले जर्जर बनाएको बाहिरबाटै प्रष्ट देखिन्छ ।
चारकुने बृत्ताकार आकारमा बनेको यो भवनको पूर्वी भागमा भने राष्ट्रिय पुनर्निमार्ण प्राधिकरण, आपूर्ति मन्त्रालय र कर्णाली आयोगको कार्यालय छ ।
भूकम्पले पश्चिम भागमा बढी क्षति पुगेपनि यो भवनको अन्य भाग पनि चर्किएको छ ।
भूकम्प गएको २० महिना भइसक्दा पनि यो भवनको वास्तविक अवस्था भने पक्ता लागेको छैन ।
भवन भत्काउनुपर्ने हो वा रेट्रोफिटिङ गर्ने भन्नेमा अझै पनि अध्ययनको चरणमा रहेको सिंहदरबार पुनर्निमार्ण समितिका कर्मचारी बताँउछन् ।
यो भवनसँगै भूकम्पले क्षति पु¥याएका सिंहदरबारका केही भवनहरुको पुनर्निमार्णको काम अझै अन्यौलमा परेको छ ।
सिंहदरबार स्थित सबैभन्दा ठूलो संरचनाको भवनको रुपमा रहेको यो भवनमा यसअघि प्रधानमन्त्रीको कार्यालय रहेको थियो ।
सिंहदरबाट परिसर भित्र रहेको सिंहदरबार पुनर्निमार्ण समितिका प्रमुख रामचन्द्र दंगालले पहिलोचोक भवनको अध्ययन कार्य अन्तिम चरणमा पुगेको बताए ।
यो भवन रेट्रोफिटिङ गर्ने वा भत्काएर पुनर्निमार्ण गर्नेबारे जापानबाट बिशेषज्ञ बोलाएर अध्ययन गर्ने तयारी भएको उनले जानकारी दिए ।
अध्ययनपछि मात्र भवन भत्काउने वा रेट्रोफिटिङ गर्ने भन्ने टुङ्गोमा पुगिने उनको भनाई छ ।
भूकम्पले क्षति पु¥याएको अर्को भवन हो ग्यालेरी बैठक हल । पूरानो संसद भवनको नामले समेत परिचित यो भवनमा पनि भूकम्पले क्षति पु¥याएको छ ।
व्यवस्थापिका संसद सचिवालयले समेत यो भवनको पुनर्निमाण वा रेट्रोफिटिङ गर्न भनेकाले यसबारे अध्ययन भइरहेकको पुनर्निमार्ण समितिको भनाई छ ।
यी भवनको मर्मत वा पुनर्निमार्ण गर्ने जिम्मा भने केन्द्रीय आयोजना कार्यान्वयन ईकाईले लिएको छ ।
सिंहदरबारको पश्चिम गेट र दाँयाँबायाँको भाग, रेडियो नेपालको भवनको रेट्रोफिटिङका लागि डिजाइन भइरहेको छ ।
यो महिनाभित्र अध्ययनकार्य सकेर रेट्रोफिटिङ तथा पुनर्निमार्णको काम अघि बढाइने दंगालले बताए ।
यस्तै सिंहदरबार परिसरभित्र भूकम्पले असर गरेको नेपाली सेना, प्रहरीले प्रयोग गरेका राणाकालीन पूराना भवनबाट उनीहरुलाई वैकल्पिक व्यवस्था गर्नेबारे पनि अध्ययन भइरहेको उनले बताए ।
यस्तै नयाँ संरचनाका भवनहरुमा पनि भूकम्प प्रभाव सुधार गरेर लैजाने योजना रहेको छ ।

५ लाख घरधनीसँग अनुदान सम्झौता

राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले हालसम्म ५ लाख ९ हजार २० भूकम्पप्रभावित घरधनीसँग अनुदान सम्झौता गरेको जनाएको छ ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार भूकम्प अतिप्रभावित उपत्यका बाहिरका ११ जिल्लामा मंसिर १२ गतेसम्म ४ लाख ७४ हजार ३३ घरधनीसँग अनुदान सम्झौता भएको हो ।

काठमाडौ, भक्तपुर र ललितपुरमा भने ३४ हजार ९ सय ८७ घरधनीसँग अनुदान सम्झौता भएको छ ।

अनुदान सम्झौता गरेका मध्ये ४ लाख ४४ हजार १ सय ८८ घरधनीको बैंक खातामा पहिलो किस्ता वापतको रकम ५० हजार रुपैयाँ जम्मा भएको इकाईको भनाई छ ।

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress