‘बाहुबली २’ को क्लाइमेक्स सिन लिक


मंसिर ९, २०७३- गत वर्ष ‘बाहुबली : द बिगिनिङ’ ले दर्शकमाझ यति धेरै उधुम गर्‍यो कि एक सय २० करोड भारु बजेटको फिल्मले ६ सय ५० करोड भारु नै कमाइदियो । पहिलो भागमा कटप्पाले बाहुबलीलाई किन मार्‍यो भन्ने प्रश्नको उत्तर ‘बाहुबली : द कन्क्लुजन’ ले दिने आशा गरिएकाले पनि एसएस राजमौली निर्देशित उक्त फिल्म बहुप्रतीक्षित बनेको छ ।

पहिलो भागको सुटिङकै बेला दोस्रोको पनि ४० प्रतिशत सुटिङ सकिएको थियो । तर ‘बाहुबली : द कन्क्लुजन’ रिलिजका लागि भने अझै वैशाख १५ सम्म कुर्नुपर्नेछ । तर फिल्मको क्लाइमेक्स सिनको ६ मिनेट लामो फुटेज भने रिलिज अगावै लिक भएको छ । लिक भएको उक्त वार सिक्वेन्स सिन इन्टरनेटमा एकाएक भाइरल भएपछि फिल्म युनिट कानुनी लडाइँमा उत्रेको छ । 

फिल्म निर्देशक राजमौलीले पाइरेसीविरुद्ध हैदराबादस्थित जुबली हिल्स पुलिस स्टेशनमा फुटेज चोरीको आरोपसहित कम्प्लेन दर्ता गरेपछि प्रहरीले ग्राफिक डिजाइनर कृष्ण दायनन्द चौधरीलाई पक्राउ गरेको छ । चौधरी असिस्टेन्ट ग्राफिक डिजाइनरका रूपमा काम गर्ने अन्नपूर्ण स्टुडियोमा नै फिल्मको इडिटिङ भइरहेको छ ।

अहिले लिक फुटेज इन्टरनेटबाट त हटाइएको छ तर त्यसअघि नै भाइरल बनिसकेको उक्त फुटेज धेरैले हेर्ने र डाउनलोडसमेत गरिसकेकाले फिल्मलाई ठूलो धक्का लागेको छ । त्यसो त यसअघि पनि सेटबाटै तस्बिर लिक भएर झमेलामाथि झमेला बेहोर्दै आएको ‘बाहुबली’ का लागि यतिबेला फुटेज नै लिक हुनु टाउको दुखाइ भएको हो । गोप्यता राख्नकै लागि निर्देशक राजमौलीले स्टुडियोभित्र मोबाइल फोन प्रयोगमा निषेध नै गरेका थिए । तर पनि कृष्ण दयानन्दले सर्भरबाट ६ मिनेटको फिल्मको क्लिप चोरेर साथीको सहयोगमा युट्युबमा अपलोड गरिदिएका थिए ।

दुई सय करोड भारुको बजेटमा बनिरहेको ‘बाहुबली : द कन्क्लुजन’ पहिलोभन्दा अझ बढी भावनात्मक रहेको निर्देशक राजमौलीले जिकिर गर्दै आएका छन् । फिल्ममा प्रभास, अनुष्का सेट्टी, राना डग्गुबती, तमन्ना लगायतको अभिनय हेर्न सकिनेछ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress