मंसिर ९, २०७३- सौराहा आउने पर्यटकको बसाइ लम्याउन निकुञ्ज प्रवेशका लागि एउटै टिकटले तीन दिन घुम्न मिल्ने व्यवस्था गर्ने वन तथा भू संरक्षणमन्त्री शंकर भण्डारीले बताएका छन् ।
होटल व्यावसायीको निकुञ्ज प्रवेशको मागलाई सम्बोधन गर्दै उनले १५ दिनभित्र आवश्यक तयारी पूरा गरेर प्रस्ताव ल्याउन भनेका छन् ।
यहाँ आउने पर्यटक टिकाउन मुस्किल परेको व्यवसायीको गुनासोपछि यस्तो व्यवस्था गर्ने उनले बताएका हुन् । क्षेत्रीय होटल संघको १५ औं वार्षिक साधारणसभाको मंगलबार उद्घाटन गर्दै उनले नयाँ व्यवस्था सुनाएपछि व्यवसायी उत्साहित भएका छन् । यस्तो व्यवस्थाले पर्यटकलाई आर्थिक भार कम हुने र बसाइ लम्बिने उनको दाबी छ ।
विदेशीले निकुञ्ज घुम्न जानुपर्दा एक दिनको १ हजार ६ सय ९५ रुपैयाँ शुल्क तिनुपर्छ । गाइडका लागि २ हजार रुपैयाँ छुट्टै लाग्छ ।
काठमाडौं– सिंहदरबारको सबैभन्दा ठूलो र मुख्य भवन पहिलोचोक भवनको पश्चिम खण्ड भूकम्पले जर्जर बनाएको बाहिरबाटै प्रष्ट देखिन्छ । चारकुने बृत्ताकार आकारमा बनेको यो भवनको पूर्वी भागमा भने राष्ट्रिय पुनर्निमार्ण...