बेलायती दुई कम्पनीले नेपाली कम्पनीलाई दावी गरेपछि . . .


मंसिर ६, २०७३- आफूले सफलतापूर्वक चलाइरहेको कम्पनीलाई अरु कसैले एक्कासी दावी गरिदिए परिस्थिति के होला ? बेलायती दुई कम्पनीले वकिलमार्फत नामसहित अहिलेसम्मकै आम्दानी दाबी गरेपछि एक्सेस फाइनान्सियल सर्भिसेस यूकेका प्रिन्सिपल तथा नेपाली मुलका पहिलो इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामीलाई कम्ती तनाव भएन ।

‘बेलायतमा नेपालीले सञ्चालन गरेको कम्पनीलाई अरु कम्पनीले दावी गरेको सम्भवत: यो पहिलो हुनुपर्छ,’ दर्लामी सुनाउँदै थिए, ‘कम्पनीलाई दरिलो बनाउन इन्टेलेक्चुअल प्रपर्टी अफिसमा आफ्नैट्रेडमार्क दर्ता गराउन तयारी गरिरहेका बेला दुई कम्पनीले दावी विरोध सहित अब्जेक्सन दर्ता गरेपछि हामी नाम परिवर्तन गर्न वाध्य भएका छौं ।’

दर्लामीले सन् २०१२ देखि सञ्चालन गरिरहेको लन्डनस्थित एक्सेस फाइनान्सियल सर्भिसेस यूकेमाथि एक्सेस र एक्सेस इन्सुरेन्सले आँखा लगाएका हुन् ।

नाम दावी भएपछि एक्सेस फाइनान्सियल सर्भिसेस यूकेले नयाँ नाम ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेबाट सेवाग्राहीलाई नियमित र थप गुणस्तरिय सेवा दिइने जनाएको छ । कम्पनीको नाम परिवर्तनका कारण सेवाग्राहीहरुलाई अन्यौलमा नपर्न दर्लामीले आग्रह गरेका छन् । कम्पनीको ब्रान्डिङको सवालमा आफूहरुलाई केहि क्षति भए पनि सेवाग्राहीप्रति कम्पनीको सेवा, सद्भाव र सहयोगमा कुनै कमी नहुने दर्लामीले बताए । 

एक्सेस फाइनान्सियल सर्भिसेस यूकेले आफ्नो स्थापनाकालदेखि बेलायतवासी नेपालीहरुलाई आवश्यक पर्ने रेसिडेन्सियल मोर्गेज, रिमोर्गेज, कमर्सियल मोर्गेज, लाइफ इन्स्योरेन्स, बिल्डिङ तथा कन्टेन्ट इन्स्योरेन्स, वील तथा स्टेट प्लानिङ, पेन्सन तथा इन्भेष्टमेन्ट सहित वन स्टप फाइनान्सियल सर्भिसेजहरु प्रदान गरिरहेको छ । उसले उल्लेखित सेवाहरुबारे नेपाली भाषीलाई लक्षित गरि फार्नबोरो, ह्यारो, रेडिङ, प्लमस्टिड, आसफोर्ड, स्वीन्डन सहित विभिन्न शहरमा जन चेतना कार्यक्रम समेत सञ्चालन गरेको थियो ।

एक्सेसले यस वर्षमात्र ३० मिलियन पाउण्ड भन्दा बढिको व्यवसायिक आर्थिक कारोवार व्यवस्थापन गरेको थियो ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress