असि बर्षमा पुरानो बुढो बैंक – नेपाल बैंक लिमिटेड


सुरुमा १२ जना कर्मचारी र एकमात्र कार्यालयबाट सुरू भएको मुलुकको सबैभन्दा पुरानो बैंक अर्थात नेपाली जन मानसमा बुढो बैंक भनेर परिचित नेपाल बैंक लिमिटेड आजदेखि ८०औं वर्षमा प्रवेश गरेको छ ।

स्व.राजा त्रिभुवनबाट वि.सं.१९९४ कार्तिक ३० गतेका दिन नेपाल बैंकको विधिवत उद्घघाटन भएको थियो । सोहि दिनबाट नेपालमा संस्थागत रूपमा बैंकिङ्ग सेवाको शुरुवात भएको थियो । यो बैंक स्थापना हुनु भन्दा पहिले सम्म सम्पूर्ण मौद्रिक कारोवारहरू निजी डिलर तथा व्यापारिक केन्द्रहरूबाट हुने गर्दथ्यो ।

उक्त अवसरमा बोल्दै तत्कालिन प्रधानमन्त्री राणा प्रधानमन्त्री जुद्ध शम्सेरले राजा त्रिभुवनको आज्ञाले सम्पूर्ण देशको चाहाना अनुरूप गर्न लागिईरहेको यो कार्य मेरो लागि एकदम ठूलो अवसर हो भनेका थिए । आजसम्म नेपालमा कुनै बैंक खोल्न सकिएको थिईएन । तर्सथ, उक्त आवश्यकता पूरा गर्न नेपाल बैंक लिमिटेड नाममा यो बैंक स्थापना हुन लागेको तथा श्री ५ बाट उद्घाटन हुन लागिरहेको यो क्षण अत्यन्तै आनन्द तथा खुशीको क्षण हो भनेर मन्तब्य ब्यक्त गरेका थिए ।

नेपाल बैंक लिमिटेड स्थापना देखिनै सरकारी तथा निजी क्षेत्रको संयुक्त लगानीको बैंक हो । रु. १०० परल मुल्यका २५०० हकप्रद शेयरहरू मध्ये, ४०% शेयरमा सरकारको लगानी थियो भने बाँकी ६०% शेयर निजी क्षेत्रलाई बिक्रीको लागि छुट्टयाईएको थियो । बैंक सञ्चालनको शुरुमा केवल १० जना शेयरधनीहरू मात्र रहेका थिए । देशमा संस्थागत बैंकिङ सेवाको थालनी गरेको उक्त बैंकको वर्तमान सेयर पूँजी संरचनामा सरकारको ६२ दशमलव २१ प्रतिशत तथा सर्वसाधारण एवम् कर्मचारीको ३७ दशमलव ७९ प्रतिशत छ ।

चुक्ता पूँजी शेयर रु पाँच अर्ब ४९ करोड रहेको उक्त बैंकको आज सम्मको पुँजीकोष अनुपात १२ दशमलव १२ प्रतिशत पुगेको बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । बितेका तीन महिनामा सो बैंकले रु एक अर्ब १६ करोड खुद मुनाफा कमाएको छ भने निक्षेप रु ८६ अर्ब २२ करोड रहेको छ । उक्त बैंकले रु ६६ अर्ब तीन करोड कर्जा प्रवाह गरेको छ भने निष्क्रिय कर्जाको अनुपात ३ दशमलब १ प्रतिशत रहेको बताइएको छ ।

नेपालमा २०४६ सालको प्रजातन्त्र स्थापना पश्चात राजनीतिक नियुक्तिको लपेटामा परेर झन्डै अस्तित्व लोप हुने स्थितिमा पुगी सकेको बेपाल बैंकले अनेक आरोह अवरोह पार गर्दै हाल  चुक्ता पूँजी शेयर रु पाँच अर्ब ४९ करोड रहेको उक्त बैंकको आज सम्मको पुँजीकोष अनुपात १२ दशमलव १२ प्रतिशत पुर्याएको छ ।

बितेका तीन महिनामा सो बैंकले रु एक अर्ब १६ करोड खुद मुनाफा कमाएको छ भने निक्षेप रु ८६ अर्ब २२ करोड रहेको छ । उक्त बैंकले रु ६६ अर्ब तीन करोड कर्जा प्रवाह गरेको छ भने निष्क्रिय कर्जाको अनुपात ३ दशमलब १ प्रतिशत रहेको बताइएको छ ।

Digital Khabar परिवार ईतिहास बोकेको देसको बुढो बैंकले सफलताको शिखर चुमोस भन्ने कामना समेत गर्दछ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress