तिलिचोको बाटैबाटो – फोटो फिचर

मंसिर १, २०७३-  एक समय हल्ला थियो, तिलिचो ताल असुरक्षित छ । संसारकै सबैभन्दा अग्लो उचाइमा रहेको ताल तिलिचो र त्यहाँ जाने बाटाहरू असुरक्षित रहेको हल्ला चलेकाबेला पदमार्गमा बाक्लै पदयात्रीहरु देखिए ।
४ हजार ९ सय १९ मिटर उचाइको तिलिचो ताल र पदमार्ग मा आन्तरिक तथा बाह्य पर्यटकहरु देखिन्थे । तिलिचो पदमार्ग नेपालकै उत्कृष्ट साहसिक पदमार्ग हो । तिलिचो घुम्नमात्रै बर्सेनि हजारभन्दा बढी पर्यटक त्यस ठाउँमा पुग्ने गरेका छन ।


मनाङ सदरमुकाम चामेबाट खाङ्सार वा २ किलोमिटर पर तारे गुम्बासम्म जिप चल्छ । चामेबाट खाङ्सारसम्म ३५ किलोमिटर कच्ची सडक छ । बेसक्याम्प ९४,१५० मि. जान ४ घण्टा लाग्छ। त्यहाँबाट साढे ३ घण्टामा तिलिचो पुग्न सकिन्छ ।

संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको तालको यात्रा गर्दा तपाइलाई स्वर्गमै पुगेको अनुभूति हुन्छ । यात्रा अवधी भर थकान महसुस भएपनि त्यहाा देखिने हिम श्रींखलाहरुले थकान मेटाई दिन्छ । 
अन्नपूर्ण हिमश्रींखलाको काखमा रहेको यो ताल मनाङ जिल्लामा पर्दछ । 

तिलिचो ताल पुग्न ५ हजार २ सय मिटरको भन्ज्याङ पार गर्नुपर्छ। विश्वकै सबैभन्दा उच्च ठाउँमा रहेको भन्दै तिलिचो तालमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा ०५० सालमा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको अस्तुलाई पनि तिलिचो तालमा सेलाइएको थियो । 

 

kantipur

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress