ट्रम्पले जित्नुका यी हुन् ५ कारण


अमेरिका–राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले जितेका छन् । सर्वे गलत सावित भए । अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउने सम्भावना पनि सकियो । महिलाको विरुद्ध कमेन्ट गरेका कारण ट्रम्पका विरुद्ध जनमत देखिएको थियो, तर यसलाई हिलारीले आफ्नो पक्षमा लिन सकिनन् ।

जानकारहरु ट्रम्पले जित्नुको कारणवारे भन्छन्
१–ट्रम्पको बाचा थियो कि उनी अमेरिकालाई पुरानै शक्तिशाली रुपमा लैजान चाहन्छन्, जो बाट विश्व डराउँछ । यो नयाँ बाचाले युवालाई लोभ्भायो ।
२–मुस्लिमबाहेक भारतीय र गैर अमेरिक ट्रम्पका पक्षमा आए ।
३–बन्दुक संस्कृतिको पक्षमा थिए ट्रम्प, त्यसकारण उनलाई त्यस्ता हतियार कम्पनीले सहयोग गरे ।
४–ट्रम्प विल्कुलै हार्डलाइन नेता थिए, जसले दुनियाँमा हार्डलाइनर नेता पनि मन पराइन्छन् भन्ने सन्देश दिए ।
५–यहुदी समुदाय पनि ट्रम्पको पक्षमा थिए ।

यसकारण हिलारी हारिन
१–भन्ने गरिएको छ कि उनी विरामी थिइन् । उनको स्वास्थ्यको वारेमा धेरै कुरा लुकाइयो । ट्रम्पले यो मुद्दा उठाए । यसबाट       सन्देश गयो कि हिलारी जिम्मेवारी पुरा गर्न सक्षम छैनन् ।
२–बाराक ओबामा राष्ट्रपति हुँदा अमेरिकामा बन्दी थियो । भनिन्छ कि, उनले यसलाई ट्याकमा ल्याए । मतदातालाई लाग्यो कि, हिलारी फेरि राष्ट्रपति भए अमेरिकी अर्थव्यवस्थामा कुनै परिवर्तन हुँदैन ।
३–यहुदी समुदाय अमेरिकी चुनाव अभियानमा महत्वपूर्ण हुन्छ । उनीहरु हिलारीका पक्षमा आएनन् ।
४–हिलारी बन्दुक संस्कृतिको विरुद्धमा थिइन । हतियार बनाउने कम्पनी पर्दा पछाडि बसेर, हिलारीको विरुद्ध काम गरे ।
५–विदेश मन्त्रीका रुपमा हिलारीले नीजि सर्वरबाट लाखौ इमेल प्रयोग गरिन । ट्रम्पले यसलाई मुद्धा बनाए । हुन त भोटिङ अगाड हिलारीले सफाइ पाइन, तर त्यतिन्जेल ढिला भैसकेको थियो । यसले हिलारीको विरुद्ध माहौल बन्यो ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress