अमेरिकी राष्ट्रपति चुनाव : ह्वाइट हाउस नजिक पुग्दै ट्रम्प


वासिङटन – नयाँ राष्ट्रपति चुन्नका लागि अमेरिकामा मतदान जारी छ । मैदानमा डेमोक्र्याटिक उम्मेद्वार हिलारी क्लिन्टन र रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प रहेका छन् ।

निकै विवादित बनेको यस पटकको चुनावमा ट्रम्पमाथि क्लिनटनले झिनो अन्तरले बाजी मार्ने चुनावअघिको सर्वोक्षणहरुले जनाएको थियो ।

पछिल्लो मत परिणाम अनुसार हिलारी अघि देखिएकी छिन् ।

पछिल्लो मत परिणाम आउँदासम्म ट्रम्पले २४४ इलेक्टोरल कलेज जितेका छन् भने क्लिन्टनले २१५ इलेक्टोरल कलेज जितेकी छिन् ।

महत्वपूर्ण मानिएको फ्लोरिडाको २९ इलेक्टोरल कलेज जित्दै ट्रम्पले अग्रता बनाएका हुन् ।

अमेरिकी राष्ट्रपतिमा विजयी बन्न २७० इलेक्टोरल कलेज जित्नु आवश्यक हुन्छ ।

हालसम्म क्लिनटनले इलिनोइस, न्युयोर्क, रोड आइल्याण्ड, म्इासाचुसेट्स, कनेक्टिकट, म्यारील्याण्ड, नयुजर्सी, भरमोन्ट, डेलावेर र डिस्ट्रिक्ट अफ कोलम्बियामा, ओहायो विजयी भएकी छिन् ।

ट्रम्पले मोन्टाना, लुजियाना, टेक्सास, नब्रास्का, कान्सास, साउट डाकोटा, नर्थ डाकोटा, वायोमिङ, मिसिसिपी, अलाबामा, साउथ क्यालोराइना, टेनेसी, अक्लोहामा, वेस्ट भर्जिनिया, केन्टकी र इन्डियामा, भर्जिनियामा बाजी मारेका छन् ।

यसअघि, ट्रम्पले फेरि पनि आफूले हारे नतिजा अस्विकार गर्ने बताएका थिए । ट्रम्पले मंगलबारमात्र नभाडामा क्लार्क काउन्टी रजिस्ट्रार अफ भोटरविरुद्ध मुद्दा दायार गरेका थिए । निर्धारित समयभन्दा धेरै सम्म मतदान केन्द्र खुला राखेको ट्रम्पको आरोप छ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress