मेरी आमा : ट्युसन पढाएर आएको पैसा आमालाई नै दिन्थेँ

आमाप्रति सबैको सम्मान हुन्छ नै । आमाले नै छोराछोरीको भविष्यको बाटो कोर्छन् । तिनै आमाहरुको सङ्घर्ष र आफ्ना सन्तानप्रतिको मायाममतालाई पस्कन रातोपाटीले ‘मेरी आमा’ शीर्षकको स्तम्भ सुरु गरेको थियो । यसपालिको ‘मेरी आमा’ स्तम्भमा छिन्, स्वास्थ मन्त्री एवं काङ्ग्रेस केन्द्रीय सदस्य गगन थापाकी आमा रामेश्वरी थापा ।  गगनसँग उनको आमाबारे कुरा  । ‘मेरी आमा’ एउटा नियमति स्तम्भ मात्र होइन, पुरुषप्रधान हाम्रो समाजमा आमाहरुको भूमिका स्थापित गर्ने सोच पनि हो ।

gagan thapa motherजिन्दगी सिकाइ

म जे छु त्यसको कारण हुनुहुन्छ मेरी आमा । मेरो जीवनको अस्तित्वको केन्द्रमा कोही छ भने मेरी आमा हुनुहुन्छ ।

मेरी आमाको नाम रामेश्वरी थापा । सोलुखुम्बुको प्रतिष्ठित परिवारमा जन्मिनु भएको हो । तर शिक्षा भने तीन कक्षासम्मको मात्रै लिनुभएको छ । मेरा हजुरबा सरकारी कर्मचारी हुनुहुन्थ्यो । त्यो बेला महिलालाई पढाउने चलन नभएको र उनीहरु पनि नपढ्ने भएकाले होला मेरी आमाले पढ्नु भएन । मेरी सानी आमाहरुले भने पढ्नुभएको छ । आमालाई नपढाउनु भएको होइन रहेछ । आमा आफै भन्नु हुन्छ, “म आमालार्ई सघाउँछु, घरमै बस्छु भनेँ” । उहाँले पनि आमालाई सघाउनुभयो । स्कुल जानु भएन ।

बुवाको घर पनि सोलुखुम्बु । मेरो बुवा सरकारी सेवामा हुनुहुन्थ्यो । सुनकोशी जलविद्युत कम्पनी सिन्धुपाल्चोकमा इन्जिनियर हुनुहुन्थ्यो । उहाँहरु जागिरको सिलसिलामा सिन्धुपाल्चोक आउनुभएका बेलामा म पनि त्यतै जन्मिएँ । विवाह पश्चात उहाँहरु त्यता आएपछि म दोस्रो बच्चा भएर जन्मिएँ । मेरो बाल्यकाल सिन्धुपाल्चोकमा नै बित्यो । म दुई कक्षादेखि सिद्धार्थ वनस्थली स्कुलमा पढ्न काठमाडौँ आएँ ।

मेरी आमाले जेजे गर्नु भयो सायद मैले पनि त्यही नै सिकेँ । जीवनमा प्रेम सिकेँ । दिन सिकेँ । सन्तुष्टि सिकेँ । दुःखलाई लुकाएर हाँसी रहन सिकेँ । बाँडेर खान सिकेँ । जे सिकेँ सबै मैले मेरी आमाबाटै सिकेँ ।

एक कक्षा पढ्ने समयदेखि अहिलेसम्म मैले मेरी आमाबाट जे देखेँ त्यही सिकेँ । कहिलेकाहीँ सार्वजनिक रुपमा पनि भन्दै आइरहेको छु । लाइफको भ्यालु हुन्छ नि के ठीक, के बेठीक ? केको चाहाना राख्ने, केको नराख्ने ? केलाई प्रेम गर्ने, केलाई घृणा गर्ने ? यो सबै आमाबाहेक अरु कसैले पनि सिकाउन सक्दैन । यो कुरा आमाले बोलेर भनेर सिकाउने कुरा होइन । बच्चाले आमालाई अब्जर्भ (नियाल्छ) गर्छ । के गर्नु भयो, के भएन ? के पढ्नु भो, के भएन ? अनि त्योबाट सिक्छ ।

मेरी आमाले जेजे गर्नु भयो सायद मैले पनि त्यही नै सिकेँ । जीवनमा प्रेम सिकेँ । दिन सिकेँ । सन्तुष्टि सिकेँ । दुःखलाई लुकाएर हाँसी रहन सिकेँ । बाँडेर खान सिकेँ । जे सिकेँ सबै मैले मेरी आमाबाटै सिकेँ ।

मेरो काका–ठुलाबाउको छोराहरु सबै मेरो घरमा बसेर हुर्किए । आमा सबैका लागि बराबर हुनुभयो । मेरा साथीहरु जहिले भन्थे, अहिले पनि भन्छन्– “तिम्री आमा जस्तो” । बाल्यकालका साथीहरु अहिले पनि मेरो घरमा दसैँको टीका लगाउन आइरहन्छन् । यो साल पनि उनीहरु आए । आमा अमेरिका जानुभएको थियो, घरमा हुनुहुन्न थियो । तर पनि घरमै हुनुहुन्छ होला भन्ने भएर आए होलान् । म उनीहरुकोमा गएको र टीका लगाएको त्यति याद छैन । म मन्त्री भएँ भनेर होइन । यो सब मेरी आमाले गरेको व्यवहारले भएको हो । उहाँले जीवनमा जे गर्नुभयो, त्यसको परिणाम हो । मलाई मात्रै होइन मेरो दाइभाइ लगायत कतिपय मेरा साथीका लागि पनि मेरी आमा रोल मोडल हुनुभयो ।

हुन त बुवाको पनि मेरो जीवनमा कम योगदान भने छैन । निकै हक्की, कुनै पनि कुरामा कम्प्रमाइज गर्नु हुन्न । आफूलाई लागेको कुरालाई बरु गुमाउनै परे पनि तयार । तर लडिभिडी राख्ने । बुवाको त्यो स्वभावले साहस र दृढता सिकायो । तर आमाको व्यवहारले जीवनमा अर्को पाठ सिकायो ।

म निकै अभावमा पनि बाचेँको छु । हामी चारजना दाजुभाइ, काठमाडौँ आइसकेपछि अभावमा पनि बाच्यौँ ।

आमाको एउटा गज्जबको बानी थियो । हाम्रो बुवाले हामीलाई पिट्नुभयो भने आमाले कहिल्यै पनि जोगाउनु हुन्नथ्यो । बरु बुवासँगै मिलेर पिट्नु हुन्थ्यो । सँगै रिसाउनु हुन्थ्यो ।

मलाई अहिले पनि याद छ । हाम्रो घरको तल्लो तलामा कफी फ्याक्ट्री थियो । हाम्रो घरमा सबैजनालाई ठाउँ हुँदैनथियो । हामी चारजना दाजुभाइमध्ये मेरो दाइ र म कफी फ्याक्ट्रीको मुनिमा गएर सुत्ने गर्दथ्यौं । तर हामीलाई त्यो अभाव हो भन्ने कुरो महसुस भएन । हामी दाजुभाइ वर्षमा जम्मा एक एक जोडी लुगा हाल्थ्यौँ । त्यो पनि दाजुभाइले नै त्यसलाई साटेर लगाउन मिल्ने गरी किन्थ्यौँ । उमेर पनि करिब एक वर्षको मात्रै फरक थियो ।

स्कुल पढदाखेरि पनि हामी आर्थिक हिसाबले अलिकति पछाडि थियौँ । अरुसँग तुलना नै हुँदैन थियो । “हामी जे छौँ, त्यो नै ठीक हौँ” अर्थात सेन्स अफ प्राइड । गौरव गर्ने कुरा हामीलाई बुवा आमाले सिकाउनु भयो । अभावकैबीच पनि उहाँहरुले छाती चौडा र शिर ठाडो पारेर हिँड्न सिकाउनुभयो । यसमा बुवाको हक्की र आमाको सन्तुष्टि दुवै चीजले काम ग¥यो । आमा सन्तुष्ट हुनुभयो । तर खुशीको उन्मादी उहाँमा कहिल्यै पनि आएन ।


सन्तुष्टि नै परिचय

बाँडेर पनि सन्तुष्ट हुन मैले सिकेँ । त्यो कुरा मेरो स्वभाव बन्न पुग्यो । आमाले जीवनमा दिएर पनि सन्तुष्ट हुन सिकाउनु भयो । मैले दिन सिकेँ । सधैँ हाँसिरहन सिकाउनु भयो । मैले जीवनमा खुशी हुन सिकेँ ।

मलाई एउटा घटना अहिले पनि याद आउँछ । म र दाइले नयाँ रातो सट लगाएका थियौँ । हामी बस्ने क्वाटरकै माथिपट्टि एकजना जुनियर लेभलका कर्मचारी बस्नुहुन्थ्यो । बच्चाहरु धेरै थिए । अभाव थियो । म खेल्दै त्यहाँ गएको थिएँ । त्यो बच्चाले रुँदै त्यो सट माग्यो । थाहा छैन । मलाई के महसुस भयो ? मैले मेरो सट खोलेर उसलाई दिएँ । गञ्जी मात्रै लगाएर फर्किएँ । घर पुगेपछि बुवाले लुगा कहाँ फालिस भनेर पिट्नु भयो । तर आमाले आएर बचाउनु भयो । मैले सबै कुरा भनेँ । बुवाले गाली गर्दै हुुनुहुन्थ्यो । आमाले कपाल सुमसुम्याउँदै भन्नु भयो– “उनीहरुसँग थिएन, तँसँग थियो, दिइस् । ठिकै गरिस्, के भयो त ।” बुवाले पिट्दा कहिल्यै नबचाउने आमाले बचाएको स्मरणीय घटना पनि यही एउटा हो ।

म त्यो कुरा अहिले आफ्ना बच्चा हुर्काउने बेलामा पनि सम्झिरहन्छु । त्यो कुरा आमाले मलाई ‘यसो गर’ भनेर सिकाएको होइन । प्राकृतिक रुपमा उहाँले भन्नुभयो, त्यो मेरो हृदयमा छाप बनेर रह्यो ।

म एसएलसी पास भएदेखि नै आफ्नो काम गर्न थालेँ । मलाई बुवाले त्यो कुरामा इन्करेज गर्नुभयो । पहिले म किताब पसलमा बस्थेँ, पछिमा ट्युसन पढाउन थालेँ । त्यसपछि मैले रेडियोमा पनि काम गरेँ । त्यतिबेलादेखि नै मैले १५ हजार, २० हजार रुपियाँ कमाउथेँ । म म्याथको राम्रो ट्युसन टिचर थिएँ । त्यो ट्युसन पढाएर आएको पैसा म आमालाई नै दिन्थेँ । त्यो बेलामा खुशी लाग्थ्यो । तर आमाले यसले कमाएर दिन्छ, आफूले दिएभन्दा बढी लिएर जान्छ भन्नु हुन्थ्यो । सधैँ एकनासको खुशी देखिरहने आमा कहिल्यै पनि मसँग धेरै खुशी हुनुभएको र धेरै दुःखी भएको मलाई याद छैन । बस जहिल्यै शान्त र सन्तुष्ट ।

म राजनीतिमा प्रवेश गरिसकेपछि पनि उहाँहरुको कि इन्जिनियर कि मेडिकल पढ भन्ने नै थियो । मैले पढिनँ । मसँग प्रत्यक्ष चाहिँ कहिल्यै भन्नुभएन तर यताउताका आफन्तहरुलाई चाहिँ “मेरो माइलोले गरी खाँदैन कि क्या हो” भनेर चिन्ता व्यक्त गर्नु हुँदो रहेछ ।

14958352_576196925902277_804053036_nबुवाको पिटाइ खाँदा आमाको थपाइ

आमाको एउटा गज्जबको बानी थियो । हाम्रो बुवाले हामीलाई पिट्नुभयो भने आमाले कहिल्यै पनि जोगाउनु हुन्नथ्यो । बरु बुवासँगै मिलेर पिट्नु हुन्थ्यो । सँगै रिसाउनु हुन्थ्यो । बुवाले गाली गरेको बेलामा सुमसुम्याएर माया गर्ने, पिट्नबाट जोगाउने कहिल्यै गर्नुभएन । मैले धेरै पटक बुवा र आमाको पिटाइ खाएको छु । अचम्म लाग्थ्यो त्यो बेलामा । अरुको सुन्थ्यौँ बुवाले गाली गरे आमा जोगाउने, आमाले गाली गरे बुवा जोगाउने । हाम्रो त के हो के हो भन्थ्यौँ ।

सात कक्षा पढ्दाको एउटा घटना छ । म राम्रै स्तरको विद्यार्थी थिएँ । तर त्यतिबेला मैले पढाइ निकै बिगारेँ । रिजल्ट बिग्रियो भनेर मलाई असाध्यै पिट्नु भयो । बुवाले पिट्दै गर्दा आमाले जोगाउनु भएन । झन पिट्नु भयो ।

त्यस्तै ४६ सालको आन्दोलनको बेलाको पनि एउटा स्मरण छ । म सिद्धार्थ वनस्थलीमै ९ कक्षामा पढ्थेँ । आन्दोलनको बेलामा डिल्लीबजार चोकमा सेनासँग मैले झण्डै गोली खाएँ । त्यतिबेला एफएम एक सय भन्ने थियो । त्यसैको आधारमा सेनाले मलाई लखेटेको रहेछ । सबैले मलाई खोजिरहेका रहेछन् । मलाई थाहा थिएन । म नारा लगाउँदै, भाग्दै घरभित्र छिरेँ । घर छिर्ने बित्तिकै बुवाले मलाई राम धुलाई हुने गरी पिट्नुभयो । त्यसपछि आमा आउनु भयो । आमाले बचाउनु हुन्छ होला भनेको, झनै चप्पल खोलेर पिट्नु भयो । जतिबेला म बच्चै थिएँ ।

त्यो परिवेशबाटै हुर्किएर आइयो । तर राजनीतिक जीवनमा आइसकेपछि उहाँहरुले गाली गर्नुभयो तर सपोर्ट झन धेरै गर्नुभयो । मैले पनि राम्रो गर्दै–गर्दै गएँ । त्यसले सायद जीवनमा गल्तीलाई सच्याउन सिकायो ।

राजनीतिमा गर्नु भएन हतोत्साहित

थाहै नपाइकन मैले विद्यार्थी राजनीति सुरु गरेको थिएँ । त्यसमा पनि मेरी आमाले कहिले पनि डिस्करेज गर्नुभएन । बुवा आमाको बच्चैदेखि हामी चारैजना दाजुभाइ डक्टर इन्जिनियर बन्नुपर्छ भन्ने थियो । म राजनीतिमा प्रवेश गरिसकेपछि पनि उहाँहरुको कि इन्जिनियर कि मेडिकल पढ भन्ने नै थियो । मैले पढिनँ । मसँग प्रत्यक्ष चाहिँ कहिल्यै भन्नुभएन तर यताउताका आफन्तहरुलाई चाहिँ “मेरो माइलोले गरी खाँदैन कि क्या हो” भनेर चिन्ता व्यक्त गर्नु हुँदो रहेछ । त्यति भएर पनि मलाई भने प्रेसर कहिल्यै गर्नुभएन ।

१३औँ महाधिवेशनमा मेरो ससुरा बुवासँगै म चुनाव लड्ने भएपछि आमालाई त्यो निकै चिन्ताको विषय बनेछ । कतै त्यही कारणले मेरो र श्रीमतीको सम्बन्धमा समस्या आउँछ कि भन्ने पीर परेछ । एक दुई पटक मसँग नै बरु तैंले छोडिदिए राम्रो होला भनेर भन्नु भयो । “तँ कि यो छोड्दे कि कुनै अरु ठाउँबाट लड” भनेर सम्झाउने प्रयास गर्नुभयो ।

विस २०५८ माघ १९ को घटना भएको दिन म बिहानै निस्केँ । घर आउन सकिएन । प्रदीप पौडेल र मसँगै थियौँ । हामी प्रदीपको कोठामा गएर बस्यौँ । हामीले त्यहाँ भोलि के गर्ने भन्ने योजना बनयौँ । त्यो दिन घरमा सेना पनि आएछ, प्रहरी पनि आएछ । त्यो चाहिँ आमाका लागि एकदम अप्रत्यासित भएछ । बाच्दैन कि भन्नेसम्म परेछ । मैले मेरो साथीसँग टेलिफोन ब्याट्री राख्ने ठाउँमा एउटा सानो चिठी हालेर पठाएको थिएँ । म ठीक छु, त्यस्तो गाह्रो केही पनि छैन भने भनेर लेखेको थिएँ । त्यतिखेर अलिकति चिन्तित हुनुभएछ । त्यसभन्दा पहिले म पटक पटक हिरासत पर्दा खेरी खासै त्यति आत्तिनु हुँदैनथियो । एक पटक मलाई राजद्रोहको मुद्दा नै लागेको थियो । त्यतिखेर पनि खासै अस्वभाविक चिन्ता मान्नु भएन, सामान्य ढङ्गले नै लिनु भयो । माघ १९ पछिको अवस्था चाहिँ अलिकति बढी नै डर लाग्दो भएको थियो । सायद त्यही भएर पनि होला आमा आत्तिनु भयो । तर आमाले मलाई हतोत्साही बनाउनु भएन । राजनीतिबाट ब्याक हुने, छाड्ने भन्नेतिर कहिल्यै पनि आग्रह गर्नु भएन । मेरा नजिकका राम्रो राजनीतिक क्षमता भएका साथीहरु पनि राजनीतिबाट यस्तै कारणले ब्याक भए । उनीहरुको परिवारले सपोर्ट नगरेर त्यो अवस्था सिर्जना भएको थियो । तर मलाई भने त्यस्तो अवस्था आएन । बरु हौसला र उत्साह नै दिनु भयो । त्यसैले म आज यो स्थानसम्म छु ।

एउटा चिन्ता

१३औँ महाधिवेशनमा मेरो ससुरा बुवासँगै म चुनाव लड्ने भएपछि आमालाई त्यो निकै चिन्ताको विषय बनेछ । कतै त्यही कारणले मेरो र श्रीमतीको सम्बन्धमा समस्या आउँछ कि भन्ने पीर परेछ । एक दुई पटक मसँग नै बरु तैंले छोडिदिए राम्रो होला भनेर भन्नु भयो । “तँ कि यो छोड्दे कि कुनै अरु ठाउँबाट लड” भनेर सम्झाउने प्रयास गर्नुभयो । “तपाईंले यस्तो कुरा बुझ्नु हुन्न, छोडिदिनुस् आमा” भनेर म अगाडि बढेँ । त्यतिबेला आमा रुनु पनि भएछ । मलाई पहिले नै यो जानकारी भएन । तर पछि साथीहरुले भने । असाध्यै चिन्तित हुनुभएछ । बुवालाई पनि त्यसले त्यतिकै तनाव दिएका रहेछ । बुवाले भाइहरुलाई भन्नु पनि भएछ । सायद मेरै कारण धेरै चिन्तित हुनुभएको क्षण यो नै हो । अघिपछि त्यति आत्तिनु हुन्न । सामान्यीकरण नै गर्नु हुन्छ । सहज बनाउनु हुन्छ ।

कहिलेकाहीँ दुःख लाग्छ । के कुरामा भने म आमासँगै बस्छु, भाइहरु बाहिर बस्छन् । उनीहरुसँग कुरा हुँदा आमालाई कस्तो छ भनेर सोधेको बेलामा मैले थाहा नै पाइरहेको हुन्न । उनीहरुले कस्तो छ भनेर सोधेपछि मात्रै ए, आमा त बिरामी हुनुहुँदो रहेछ भनेर थाहा पाउँछु ।

मामा बित्दा आमाको आँखामा आँशु

हामी मामासँग एकदमै नजिक थियौँ । मेरो मामा मुटुको रोगी हुहुहुन्थ्यो । आजभन्दा करिब आठ वर्षअघिको कुरा हो । एक दिन मामा ‘बहीनीलाई भेट्छु’ भनेर आमालाई भेट्न हाम्रो घर आउनुभयो । घरभित्र छिरेर ‘बहिनी’ भनेर आमालाई बोलाउनुभयो । त्यसपछि सोफामा बस्नुभयो र त्यही नै उहाँको अन्तिम शब्द भयो । अघिपछि पनि आइ राख्नु हुन्थ्यो तर त्यो दिन चाहिँ आमालाई नै भेट्छु भनेर नै कपनदेखि गौशालासम्म गाडीमा आउनुभएछ । त्यहाँ ओर्लेर हाम्रो घरसम्म हिँडेर आउनुभएको रहेछ । आमाको नाम लिँदालिँदै सोफामा बसेपछि बित्नुभयो । त्यो बेलामा आमा निकै रुनुभयो । त्योबाहेक आमा रुनु भएको मलाई त्यति याद छैन । हुन त ‘सफ्ट हार्टेड’ कमल मनको हुनुहुन्छ । कसैले बिरामी छ, उपचार पाएन भन्दा पनि चिन्तित हुनुहुन्छ । तर त्यतिबेला निकै भावविह्वल हुनुभयो । सायद आजसम्मै निकै धेरै मेरी आमा रुनुभएको यही एटा घटना स्मरणमा छ ।

सधैँ साथ

मेरो विवाह हुने भयो । त्यतिबेला मेरो हजुरमाको जुठो परिरहेको थियो । त्यसैले त्यो वर्ष विवाह नगर्ने कि भन्ने थियो । मेरी श्रीमती अमेरिकामा थिइन् । फर्केर नेपाल आउनुपर्ने, नयाँ पढाइ सुरु गर्नुपर्नेलगायतका अरु पनि विभिन्न खालका प्राविधिक समस्याहरु आए । विवाह नगर्दा उनको पढाइलाई हामीले सोचेजस्तो अगाडि बढाउन गाह्रो हुने भयो । यो कुरा मैले आमालाई भनेँ । ‘त्यसो भए ठीक छ, तिमीहरु विवाह गर’ आमाले भन्नुभयो । सहजतापूर्वक विवाह भयो ।

म अहिले पनि आमासँग नै बस्छु । यसपालि म मन्त्री भइसकेपछि पनि मेरो घरमा ठाउँ साँघुरो छ । अप्ठेरो छ । म बुवाआमालाई छोडेर बस्न सक्दिनँ । त्यो मेरो मनले मान्दैन । सँगै बसेर हेरचाहा गर्नु कर्तव्य हो जस्तो पनि लाग्छ । तर घरमा पर्याप्त ठाउँ नभएपछि घर अगाडि नै एउटा फल्याट् लिएर बसेको छु । त्यसमा मेरो अफिस छ । भेटघाटलगायतका अफिसियल काम सबै त्यतैबाट सञ्चालन गरिरहेको छु । बस्न चाहिँ आमासँगै बस्छु । तर आमाले त्यो अप्ठ्यारो भयो भनेर कहिल्यै गुनासो गर्नुभएको छैन । सायद उहाँले त्यो महसुस गर्नु पनि भएको छैन भन्ने लागेको छ ।

आमा प्रायः खुशी नै भई रहनुभयो । मेरो दाइ र दुवैजना भाइ पढाइमा असाध्यै अब्बल थिए । अहिले उनीहरु आफ्नो पेसामा प्रोफेसनमा मिहिनेतका साथ लागिरहेका छन् । आर्थिक हिसाबमा मैले केही गर्न नसके पनि दाइभाइले घरपरिवारलाई हेर्ने अवस्थामा उनीहरु पुगे । मैले सुरुमा अलिकति कमाउन थाले पनि पछि घरपरिवार मात्रै हेरेर बस्ने अवस्थामा म रहन सकिनँ । पनि आमाले कहिल्यै गुनासो गर्नुभएन । साथ नै दिनुभयो । त्यसमा परिवारका अन्य सदस्यहरुको पनि साथ र सहयोग रह्यो । त्यसैले पनि मेरी आमा मेरो जीवनको एक पाठशाला हुनुहुन्छ । म त्यही पाठशालाको सिर्फ एक विद्याथी हुँ ।
ratopati

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress