मेस्सीको अधिपत्य तोड्दै ग्रिजमान ला लिगाको उत्कृष्ट खेलाडी घोषित


भ्यालेन्सिया – ला लिगाको उत्कृष्ट खेलाडीमा लियोनेल मेस्सीको अधिपत्य अन्त्य गर्दै एन्टोनी ग्रिजमानले ला लिगाको उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् ।

यसअघिका ७ मध्ये ६ पटक उत्कृष्ट खेलाडी घाषित भएका मेस्सीलाई पछि पार्दै एथ्लेटिको म्याड्रिडका फरवार्ड ग्रिजमान सोमबार स्पेनको भ्यालेन्सियामा आयोजित कार्यक्रममा उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

मेस्सीले पनि बार्सिलोनाका टप स्कोरर लुइस सुवारेज र एथ्लेटिक बिल्बाओका भेटरान आरिट्ज अडुरिजलाई पछि पार्दै उत्कृष्ट स्ट्राइकरको उपाधि हात पारे भने सुवारेजले ‘वल्र्ड प्लेयर’ को उपाधि जिते ।

रियल म्याड्रिड र पोर्चुगलका लागि सफल सिजन बिताएका क्रिस्टियानो रोनाल्डोले भने कुनै उपाधि जितेनन् ।

त्यस्तै एथ्लेटिकोका जान ओब्लाक र डिएगो गोडिनले उत्कृष्ट गोलकिपर र डिफेन्डरको उपाधि जिते भने प्रशिक्षक डिएगो सिमिओनी उत्कृष्ट प्रशिक्षक घोषित भए । गोडिनले रियलका कप्तान सर्जिओ रामोसको चार वर्षको अधिपत्य अन्य गरे ।

उत्कृष्ट मिडिफिल्डरको उपाधि भने रियलका लुका मोड्रिचले हात पारे । रियलकै मार्को असेन्सियोले ला लिगाको उदाउँदो खेलाडीको उपाधि जिते ।

ला लिगाको उत्कृष्ट ११ मा बार्सिलोना, रियल र एथ्लेटिकोका खेलाडीहरुको अधिपत्य रह्यो ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress