मेस्सीले तोडे अर्को किर्तिमान


बार्सिलोना – बार्सिलोनाका स्टार लियोनेल मेस्सीले एथ्लेटिक बिल्बाओका लिजेन्ड टेल्मो जाराले ला लिगामा घरेलु मैदानमा गरेको सर्वाधिक १७९ गोलको किर्तिमान भंग गरेका छन् ।

डिपोर्टिभो ला कोरुना बिरुद्ध शनिबार भएको खेलमा गोल गर्दै मेस्सी ला लिगाको इतिहासमा घरेलु मैदानमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका हुन् ।

नेयमारको उत्कृष्ट पासमा मेस्सीले गोल गर्दै नयाँ किर्तिमान बनाए ।

यो सूचीमा क्रिस्टियानो रोनाल्डो चौँथो स्थानमा रहेका छन् । उनको १५० गोल रहेको छ । उनीभन्दा अघि १५१ गोलसहित रियल म्याड्रिडका लिजेन्ड अल्फ्रेडो डि स्टेफानो रहेका छन् ।

मेस्सीले यसअघि नै ला लिगाको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने किर्तिमान बनाइसकेका छन् ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress