राजधानीका पाँच स्थानबाट निशुल्क भाइबरको प्रयोग गर्न पाइने


भाइबरले राजधानीका विभिन्न पाँच स्थानबाट निशुल्क आफ्नो सेवा उपलव्ध गराएको छ।
ललितपुर मल, सिटी सेन्टर, शान्तिनगरस्थित क्याफे दि क्राफ्ट, काठमाडौं मलमा रहेको निमन्त्रणा रेष्टुरेन्ट र न्यूरोडस्थित ताम्राकार हाउसअगाडि रहेको डिजी टेकबाट यो सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।
 सुबिसु केबल नेट प्रालिद्वारा उपलब्ध फ्रि भाइबर क्षेत्रहरुमा प्रयोगकर्ताहरुले असिमित निःशुल्क इन्टरनेट सर्भिस प्राप्त गर्नेछन्। प्रयोगकर्ताले ति क्षेत्रबाट सित्तैमा भाइबरको प्रयोग गरेर कल गर्न, सन्देश पठाउन र भिडियो कल गर्न सक्नेछन्।
यी स्थानहरुमा प्रयोगकर्ताहरुले फ्रि भाइबर जोनमा लग अन गरेर चाहेजति इन्टरनेटको सुविधा उपभोग गर्न सक्नेछन्। “हामीले नेपालमा बढ्दो भाइबरको बजारलाई मध्यनजर राखेर नै फ्रि भाइबर क्षेत्र निर्धारण गरेका हौँ’ भाइबर साउथ एशियाका क्षेत्रीय प्रमुख अनुभव नैयरले भने।
विश्वमा ८ करोडभन्दा बढी प्रयोगकर्ताहरु भएको एप्स भाइबरले संघ संस्था, ब्राण्ड र चर्चित हस्तीहरुलाई उनीहरुका फ्यान र फलोअरहरुसँग पब्लिक च्याट मार्फत सम्पर्क बनाइराख्ने सेवा उपलब्ध गराएको छ।
 यसका साथै भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई नेपाली भाषामा आफ्नो मनोभाव साटासाट गर्न स्टिकर बजारमा उपलब्ध गराएको छ।  हालै मात्र भाइबरले नेपालसहित विश्वका ५२ राष्ट्रहरुमा भाइबर आउट मार्फत् फ्रि कल गर्ने सुविधा प्रदान गरेर प्रयोगकर्ताको मन जितेको थियो।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress