‘मेस्सी’ जन्मेदेखि म्याड्रिडको फ्यान : इस्को


म्याड्रिड – रियल म्याड्रिड तथा स्पेनका खेलाडी इस्कोले मेस्सी जन्मदेखि नै रियल म्याड्रिडको फ्यान भएको दाबी गरेका छन् । तर, यहाँ मेस्सी बार्सिलोनाको स्टार खेलाडी नभएर उनको घरपालुवा कुकुर हो ।

कोप पत्रिकासँग कुरा गर्दा इस्कोलाई उनको अन्य कुकुर जुनियर र बुबु पनि म्याड्रिडको समर्थक हो भनेर सोधिएको थियो । जवाफमा उनले भनेका थिए, ‘सधैँ भरी । र, मेस्सी पनि ऊ जन्मेदेखि नै ।’

सन् २०१३ मा मालागाबाट रियल पुगेका इस्कोले त्यसअघि नै आफ्नो ल्याब्राडोरको नाम अर्जेन्टिनी स्टारको नामबाट राखेका थिए ।

त्यतिबेला बार्सिलोनाका समर्थकहरुबाट निकै आलोचित बनेका इस्कोले भनेका थिए, ‘मैले मेरो कुकुरको नाम मेस्सी किन राखे भने मेस्सी विश्वकै उत्कृष्ट हुन् र मेरो कुकुर पनि ।’

गत मेमा उनले आफ्नो कुकुरलाई बाटोमा लैजान नसकेको बताउँदैसडकमा आफूलाई कुकुरलाई मेस्सी बोलाउन गा्रहो परेको बताएका थिए ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress