इपीएल टी–ट्‌वान्टी क्रिकेट: पञ्चकन्याको दोस्रो जित


आश्विन १०, २०७३- पञ्चकन्या तेजले सोमबार वाईवाई ईपीएल ट्वान्टी ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकाल्यो र प्रतियोगितामा अहिलेसम्म आफूलाई सर्वाधिक बलियो टिम सावित गर्‍यो । दोस्रो जितका लागि पञ्चकन्याले टीयू क्रिकेट मैदानमा कलर्स एक्स–फ्याक्टरलाई सजिलै २३ रनले हरायो ।

जितका लागि १ सय ५५ रन पछ्याइरहेको कलर्स २० ओभरमा आठ विकेट गुमाउँदै १ सय २० रन मात्र बनाउन सफल रह्यो । कलर्सले टस जितेर पञ्चकन्यालाई पहिले ब्याटिङको निम्तो दिएको थियो र कप्तान ज्ञानेन्द्र मल्लको त्यो निर्णय सही रहेन् । पञ्चकन्याले २० ओभरमा तीन विकेट गुमाएर १ सय ५४ रन बनायो । त्यसमा प्रारम्भिक ब्याट्सम्यान आसिफ सेखले सर्वाधिक ६७ रन बनाए ।

उनले ६० बलको मात्र सामना गरे र पाँच चौका तथा दुई छक्का प्रहार गरे । आसिफले कप्तान शरद भेषवाकरसँग मिलेर दोस्रो विकेटका लागि ८३ रनको साझेदारी गरे । शरदले ४० रन जोडे । यसअघि अर्का प्रारम्भिक ब्याट्सम्यान सञ्जय श्रेष्ठले २४ रन बनाए । जवाफमा कलर्सको सुरुआत राम्रो रहेन र उसले नियमित अन्तरमा विकेट गुमायो ।

प्रारम्भिक ब्याट्सम्यान फजलुर रहमानलाई गोल्डन डकमा गुमाएयता टिमले आफूलाई सम्हाल्न सकेन् । अर्का प्रारम्भिक ब्याट्सम्यान हरिशंकर साहले भने २५ रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्रको ब्याटबाट २० रन निस्केको थियो । तल्लोक्रममा हिमांशु दत्तले सर्वाधिक २८ रन बनाए । पञ्चकन्याका बलरमध्ये करण केसी र शरदले तीन तीन विकेट लिए ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress