राजधानीको सडक : पानी पर्दा हिलाम्मे, घाम लाग्दा धुलाम्मे (फोटोकथा)


काठमाडौं – निकै अत्यासलाग्दो यात्रा गर्नुपर्छ काठमाडौंबासीले । घामलाग्दा सडक धुलै–धुलोले ढपक्कै ढाकिदिन्छ । पानी पर्दा जहाँत्यहीँ हिलो । त्यसमाथि ट्राफिक जाम अनि फुटपाथे पसल !

kathmandu-road-5
सरकारले सडक विस्तार शुरु गरेपछि त्यसलाई समयमा पूरा गर्न नसक्दा काठमाडौंको सडकको कन्तविजोक भएको छ । सडक किनारामा निर्माण सामाग्री अझै थुपारेर राखिएका छन् । फुटपाथको कुनै पत्तो छैन भने सवासीसाधनको अनावश्यक पार्किङ पनि काठमाडौंको यात्रीका लागि अर्को टाउको दुखाईको विषय बनेको छ ।

kathmandu-road-15
राजधानीको कोटेश्वरदेखि कलंकीसम्म सडक विस्तारको काम अलपत्र हुँदा हिडडुल गर्न मुस्किल छ । सडकको दायाँबायाँ खाल्टै खाल्टा छन् ।

kathmandu-road-12
काठमाडौंको मुख्य सडकमा खासै समस्या छैन शहरका गल्लीहरु ज्यादै अव्यवस्थित छन् । अहिले सरकारको ध्यान पनि मुख्य सडकभन्दा गल्लीका सडक विस्तार गर्नतर्फ लागेको हुँदा काठमाडौंका गल्लीहरु हिँड्नलायक नभएका हुन् ।

kathmandu-road-19
काठमाडौंका नदी किनारमा सडकसञ्जाल बनाउने सरकारको योजना अनुरुप वागमति, विष्णुमति, मनोहरा, धोविखोला, नख्खु, हनुमन्तेलगायत नदी किनारमा भर्खरै बाटोहरु खेलेका छन् । ती सडकको अवस्था जर्जर छ ।

रातोपाटीका फोटोपत्रकार अशोक दुलाल राजधानीका सडक र गल्ली डुलेर आफ्नो क्यामेराको भ्यूफाइन्डरबाट यस्तो देखे :

kathmandu-road-18kathmandu-road-17kathmandu-road-16kathmandu-road-14kathmandu-road-13kathmandu-road-11kathmandu-road-10kathmandu-road-7kathmandu-road-6kathmandu-road-4kathmandu-road-3kathmandu-road-20kathmandu-road-1ratopati

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress