अर्जेन्टिना कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा


असार ८, २०७३- अर्जेन्टिना कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार बुधबार बिहान टेक्सासस्थित एनआरजी स्टेडियममा भएको सेमिफाइनल खेलमा संयुक्त राज्य अमेरिकालाई घरेलु मैदनामा ४-० ले हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।

खेलको सुरुदेखि नै अमेरिकालाई दबाबमा राखेको अर्जेन्टिनाले ३ मिनेटमै पहिलो गोल गरेको थियो। अर्जेन्टिनाका खेलाडी इजेक्वेल लाभेज्जीले खेलको तेस्रो मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

यसैगरी स्ट्राइकर लियोनल मेसीले ३२ मिनेटमा गोल गर्दै अमेरिका विरुद्धको गोल अन्तर दोब्बर बनाएका थिए ।

पहिलो हाफमा २-० ले अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा पनि २ गोल गर्दै अमेरिका विरुद्ध ४-० को जित निकाल्यो ।

दोस्रो हाफमा गोन्जालो हिग्विनले ५० औं र ८६ औं मिनेटमा गोल गरेका थिए ।

खेलमा मेसी म्यान अफ दि म्याच घोषित भए ।

अर्जेन्टिनाले भोलि बिहान कोलम्बिया र चिलीबीच हुने सेमिफाइनलको बिजेतासँग आगामी सोमबार बिहान ५:४५ मा फाइनल खेल्नेछ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress