चिली सात गोल गर्दै कोपाको सेमिफाइनलमा


असार ५, २०७३- एडुवार्डो भारगासले चार गोल गरेपछि डिफेन्डिङ च्याम्पियन चिलीले शनिबार मेक्सिकोलाई ७–० ले हरायो र कोपा अमेरिकामा ऐतिहासिक जित आत्मसात् गर्‍यो ।

यस जितसँगै चिली सेमिफाइन पनि पुगेको छ । हफानहाइम फरवार्ड भारगासले १३ मिनेटको आक्रामक फुटबलमा आफ्नो ह्याट्रिक पूरा गरे । अब फाइनल प्रवेशका लागि बुधबार सिकागोमा हुने सेमिफाइनलमा चिलीले कोलम्बियाको सामना गर्नेछ ।

कुनै पनि ठूलो प्रतियोगितामा मेक्सिकोको भने यो अहिलेसम्मकै सबैभन्दा ठूलो हार हो । सन् १९७८ मा अर्जेन्टिनामा भएको विश्वकपमा मेक्सिको तात्कालीन पश्चिम जर्मनीबाट ६–० ले पराजित भएको थियो । यस्तै मेक्सिकाको फुटबल इतिहासमै यो दोस्रो ठूलो हार हो ।

यसअघि सन् १९६१ मा लन्डनमा भएको खेलमा इङल्यान्डले मेक्सिकोलाई ८–० ले हराएको थियो । भारगासले आफ्नो चौथो गोल भने ७४ औं मिनेटमा गरे । त्यति बेला चिली ५–० ले अगाडि थियो । एडसन पचले ८८ औं मिनेटमा सातौं गोल गरे ।

गत वर्ष आफ्नै भूमिमा भएको कोपा अमेरिका जितेको चिलीले लेभी स्टेडियममा रहेका ७० हजारभन्दा बढी दर्शक अगाडि खेलेको थियो र त्यसमध्ये अधिकांस मेक्सिकोका समर्थक थिए । तर पचले १६ औं मिनेटमा गोलको खाता खोले । लगतै भारगासले आफ्नो पहिलो गोल गरे भने तेस्रो गोल एलेक्स सान्चेजको नाममा रह्यो ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress