अमेरिका कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश


असार ३, २०७३- कोपा अमेरिकाको क्वार्टरफाइनलमा संयुक्त राज्य अमेरिका विजयी भएको छ । नेपाली समयअनुसार शुक्रबार बिहान भएको खेलमा अमेरिकाले इक्वेडरलाई २-१ को गोल अन्तरले हराउँदै विजयी भएको हो।

जितसँगै अमेरिका सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको वासिङ्टनस्थित सेन्चुरीलिङ्क फिल्डमा भएको खेलमा अमेरिकाले इक्वेडरलाई हराउन सफल भएको हो।

खेलको २२ औं मिनेटमा अमेरिकाका क्लाइन्ट डेम्प्सीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा इक्वेडरलाई दबाबमा राखेको अमेरिकाले दोस्रो हाफमा भने खासै राम्रो प्रदर्शन गर्न सकेन ।

खेलको दोस्रो हाफको ५१ औं मिनेटमा खेलाडीबीच विवाद भएपछि रफ्रीले अमेरिका र इक्वेडरका दुई खेलाडीलाई रातो कार्ड दिएका थिए । रेफ्रीले अमेरिकाका १३ नम्बर जर्सीका खेलाडी जर्मेइन जोन्सलाई रेड कार्ड देखाएका थिए भने इक्वेडरका १६ नम्बर जर्सीका खेलाडी एन्टोनियो भ्यालेन्सियालाई दुइवटा पहेँलो कार्ड देखाएका थिए ।

दुबै देशका खेलाडीले रातो कार्ड पाएपछि दोस्रो हाफको ३९ मिनेट दुवै पक्ष १०/१० खेलाडीमा सिमित हुन पुगेको थियो ।

खेलको ६५ औ मिनेटमा अमेरिकाका ग्यासी जार्डेसले अर्को गोल गर्दै अग्रतालाई दोब्बर बनाए भने इक्वेडरका मिसेल अर्योले ७४ मिनेटमा गोल फर्काएका थिए ।

दोस्रो हाफमा आक्रमक रुपमा प्रस्तुत भएको इक्वेडरको केही राम्रा प्रहार गोलमा परिणत हुन भने सकेन ।

खेलको म्यान अफ दि म्याच अमेरिकाका डेम्प्सी भएका छन् ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress