सुन तस्कर भारतीय, भरिया नेपाली


काठमाडौं–नेपाली युवालाई भरिया बनाएर भारतीय सुन तस्करले आफ्नो कारोबार चलाइरहेका छन् । केही समययता सुन तस्करीको अभियोगमा नेपाली युवा भारतीय भूमिमा पक्राउ परिरहेका छन् । भारतीय प्रहरीको अनुसन्धानबाट पक्राउ धैरै नेपाली ‘भरिया’ मात्रै रहेको खुलेको छ । सुन ओसारेको आरोपमा पक्राउ धैरैले आफूलाई यो काममा लगाउने समूह अर्कै रहेको बयान प्रहरीलाई दिएका छन् । उनीहरुले आफू भरिया मात्रै रहेको बयान दिए पनि कानुनी रुपमा प्रमाणित गर्न सकेका छैनन् । प्रमाण दिने छुट्दै आएका छन् । यस्तै अभियोगमा पक्राउ परेका थिए, झापा ज्यामिरगढीका ३६ वर्षीय एक युवक ।

नक्सलबाडी नजिकैको जबडा मोडमा मावली घर भएका उनले माध्यमिक तहको पढाइ उतै बसेर पढेका थिए । त्यसपछि सिलिगुढीमा बसेर उनले उच्च शिक्षा लिन थाले । त्यही बेला मावली ठाउँकै एक चिनारुले उनलाई एउटा सामान नेपाल पुर्याइदिन आग्रह गर्थे उनले सहजै स्वीकारे । ‘चिनेको दाईले सामान नेपाल पुर्याइदिन आग्रह गरे । काँकडभिट्टामा भेटौला भनेर मलाई पोका दिए, ६ महिनाअघिको घटना बेलिविस्तार लगाउँदै उनले भने, ‘पछि बाघडोग्रामा प्रहरीले ब्यागबाट त्यो पोका खोल्दा म झसंग भएँ ।’ उनले आफूले अनाहकमा लामो समय दुःख पाएको बताए । भारतीय नातेदारले उनलाई पोका थमाउने व्यक्ति नै पक्रेर प्रहरीलाई बुझाएपछि उनी छुटे । आजको नागरिक दैनिकमा खबर छ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress