गोली प्रहारबाट घाइते गायिका क्रिस्टिना ग्रिम्मीको निधन

जेष्ठ २९, २०७३- संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा गोली प्रहारबाट गायिका क्रिस्टिना ग्रिम्मीको निधन भएको छ । अमेरिकाको टेलिभिजन कार्यक्रम ‘दि भ्वाइस’ बाट चर्चामा आएकी ग्रिम्मीलाई एक बन्दूकधारीले गोली प्रहार गरेको र गोली लागेपछि उपचार गराउने क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

फ्लोरिडाको ओर्लोन्डोमा आयोजित एक कन्सर्टमा अटोग्राफ दिँदै गर्दा उनलाई एक बन्दूकधारीले गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएकी २२ वर्षीया गायिकाको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

अमेरिकी समय अनुसार शुक्रबार राति करिव पौने ११ बजे उनीमाथि गोली प्रहार गरिएको थियो ।

गोली प्रहार गर्ने बन्दूकधारीले क्रिस्टिनालाई गोली प्रहार गरिसकेपछि आफैंलाई गोली हानी घाइते बनाएका थिए। प्रहरीले गोली हान्नेको नाम गोप्य राखेको छ ।

२०१४ को दि भ्वाइसको सिजन ६ मा क्रिस्टिना तेस्रो भएकी थिइन्।

उनको मृत्युको पुष्टि गर्दै अर्लोन्डो पुलिसले उपचारको क्रममा मृत्यु भएको ट्विट गरेको छ ।

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress