म्याराडोनाद्वारा मेस्सीको आलोचना : भने, ‘नेतृत्व गर्ने क्षमता छैन’


पेरिस – अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाले लियोनेल मेस्सीको आलोचना गर्दै उनीमा नेतृत्व गर्ने क्षमता नभएको बताएका छन् । बिहिबार पेरिसमा ब्राजिलियन ‘आइकन’ पेलेसँगै आयोजित एक कार्यक्रममा म्याराडोनाले २८ वर्षीय बार्सिलोनाका स्टारमाथि त्यस्तो टिप्पणी गरेका हुन् ।

messiकार्यक्रममा ७५ वर्षीय पेलेले विश्व विजेता टोलीका सदस्य म्याराडोनालाई मेस्सीको बारेमा सोधेका थिए । धेरैले अर्जेन्टिनाका लागि १९७७ देखि १९९४ को बीचमा ९१ अन्तर्राष्ट्रिय खेल खेलेका म्याराडोनाले मेस्सीको तारिफ गर्ने अपेक्षा गरेका थिए ।

तर, उनले भने फरक टिप्पणी गरे । ‘उनी निकै राम्रो व्यक्ति छन् । तर, उनको व्यक्तित्व छैन,’ म्याराडोनाले भने, ‘उनीमा नेतृत्वकर्ताको विशेषता छैन ।’

जवाफमा पेलेले भने, ‘ मैले बुझे । अहिले हामीले खेल्दाजस्तो छैन । ७० को दशकमा ब्राजिलमा थुप्रै उत्कृष्ट खेलाडी थिए । तर, आज अर्जेन्टिना मात्र मेस्सीमा भरपर्छ । म्याराडोनाले मेस्सी राम्रा खेलाडी हो भनेका छन् र उनमा नेतृत्वकर्ताको विशेषता छैन ।’

3517FFFC00000578-3633730-Argentina_legend_Maradona_left_and_Brazil_icon_Pele_join_hands_a-a-10_1465496584890मेस्सी पहिलापनि यस्तै विषयमा ओलाचनाको पात्र बन्ने गरेका छन् । अर्जेन्टिनाका लागि उनको लगावबारे धेरैले प्रश्न गर्छन् । जबकी उनले १०७ खेलमा अर्जेन्टिनाका लागि ५० गोल गरिसकेका छन् ।

तर, उनी हुँदा अर्जेन्टिनाले दुई पटक कोपा अमेरिकाको फाइनल तथा एक पटक विश्वकपको फाइनल हारेको छ । उनको भागमा सन् २००८मा ओलम्पिक जितेको मात्र मेडल छ ।

कोपा अमेरिकामा चिलीसँग भएको खेल मेस्सीले घाइते भएर गुमाएका थिए । अर्जेन्टिनाले आज पानामाको सामाना गर्दैछ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress