कोपामा ब्राजिलले इक्वेडरसँग खेल्यो गोलरहित बराबरी

जेष्ठ २३, २०७३- कोपा अमेरिका कपमा आजभएको खेलमा ब्राजिलले इक्वेडरसँग गोलरहित बराबरीमा चित्त बुझाउन बाध्य भएको छ ।

यस्तै आजै भएको अन्य खेलमा कोस्टारिकाले पनि पाराग्वेसँग गोलरहित बराबरी नै खेलेको छ भने पेरुले हाइटीलाई १–० ले पराजित गर्न सफल भएको छ ।

ब्राजिलले इक्वेडरलाई खेल अवधिभर दबाबमा राखे पनि कुनै गोल भने गर्न सकेन । ब्राजिलले कोपा कपमा स्टार खेलाडी नेइमारलाई खेलाएको छैन ।

अमेरिकामा जारी कोपा कपको यो सयौं संस्कण हो । उरुग्वेले हालसम्म १५ पटक कोपा कप जितेको छ भने अर्जेन्टिनाले १४ पटक जितेको छ । पाँचपटकको विश्वकप विजेता ब्राजिले भने ८ पटक कोपा कप उचाल्न सफल भएको छ ।

सन् २०१५ को कोपा कपको विजेता चिली हो ।

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress