फास्ट ट्रयाकलाई ५ अर्बमात्र


काठमाडौं–सरकारले स्वदशी लगानीमा निर्माण गर्ने घोषणा गरेको काठमाडौं-तराई फास्टट्रयाकका लागि करिब ५ अर्ब मात्र बजेट बिनियोजन गरेको छ ।

एक खर्ब ३० अर्ब रूपैयाँ लागत अनुमान गरिएको फास्ट ट्रयाक सरकारले नीति तथा कार्यक्रममा स्वदेशी लगानीबाट बनाउने घोषणा गरेको थियो ।

चालु आर्थिक वर्षामा फास्ट ट्रयाकलाई एक अर्ब रूपैयाँ विनियोजन गरिएको छ ।

सरकारले आफैँ बनाउने घोषणा गरेकाले निकै बढी रकम विनियोजन हुने अपेक्षा गरिएको थियो ।

‘आउने आर्थिक वर्षबाट काम थाल्नका लागि मात्र बजेट विनियोजन गरिएको हो,’ स्रोतले भन्यो,‘काम भयो भने त बजेट अभाव हुन्न, अरू स्रोतबाट पनि जुटाउन सकिन्छ ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress