फास्ट ट्र्याक आफै बनाउने भन्नु ‘इमोसनल’ कुरा मात्र : देउवा


काठमाडौं – कांग्रेस सभापति तथा प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले काठमाडौं–निजगढ फास्ट ट्र्याक स्वदेशी कम्पनीले बनाउन नसक्ने जिकिर गरेको बारेमा अन्नपूर्ण पोष्टले समाचार छापेको छ ।

सरकारले नीति तथा कार्यक्रममा फास्ट ट्र्याक स्वदेशी कम्पनीले नै बनाउने घोषणा गरेकोमा आपत्ति जनाउँदै देउवाले आन्तरिक लगानीमा फास्ट ट्र्याक बनाउने भन्नु ‘इमोसनलु मात्र भएको टिप्पणी गरेको समाचारमा उल्लेख छ ।

‘फास्ट ट्र्याक बनाउनका लागि ग्लोबल टेन्डर भएर एउटा अन्तर्राष्ट्रिय कम्पनीलाई जिम्मा दिइएको छ । अब आफैंले आन्तरिक लगानीमा फास्ट ट्र्याक बनाउँछु भन्दा त्यो कम्पनी अदालत गयो भने सरकारले क्षतिपूर्ति तिर्नुपर्छ । यसैले आन्तरिक लगानीमा बनाउने कुरा इमोसनल हो,’ सरकारको नीति तथा कार्यक्रममाथि मंगलबार संसद्मा बोल्दै देउवाले भने ।

उनले स्वदेशी लगानीमा बनाउने भनेर आफ्नो पालामा चमेलिया जलविद्युत् आयोजना अघि बढाइएको तर अहिलेसम्म त्यसबाट बिजुली निकाल्न नसकिएको तर्क पनि गरे ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress