चीनियाँ सम्राटले उपहार दिएको बिउबाट फैलिएको इलामको चिया बगान


इलाम– तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणा वि. सं. १९२० मा चीन भ्रमण गएको बेला चीनियाँ सम्राटले उनलाई चीनियाँ जातको चियाको बिउ उपहार दिएका थिए । नेपाल फर्केपछि उनले चियाको विउ कहाँ लगाउने भन्ने विषयमा छलफल गरे । आफ्ना ज्वाईँ तत्कालिन बडाहाकीम कर्णेल गजराज सिंह थापालाई ईलाममा चिया रोप्न आदेश दिईयो ।tea ilam (1) सोही आदेशबमोजिम थापाले ईलाम चिया कमानको स्थापना गरे । त्यसको २ वर्षपछि अर्थात २०२२ सालमा फेरी झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापना गरे । ति चिया कमानहरु नै नेपालको चिया खेतीको शुरुवात मानिन्छ । नेपालमा चिया कमान स्थापना गर्ने दशकमा भारतको दार्जलिङ्गमा पनि चिया खेतीको शुरुवात भएको थियो ।
त्यहि चिया फैलिएर अहिले पूवी नेपालको झापा, ईलाम, पाँचथरका अतिरीक्त दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, कास्की, लमजुङलगायतमा जिल्लामा फैलिएको छ । त्यसमध्ये इलाम चिया खेतीको लागि अग्रणी छ । ईलामका २० प्रतिशत जनता चिया खेतीबाट जिवन गुजार गरिरहेका छन् । इलाममा १२ हजार घरधुरीले जिल्लाको १३ हजार हेक्टर क्षेत्रफलमा चिया खेती गरेका छन् । tea ilam (2)
वि.सं. २००७ सालको प्रजातन्त्र प्राप्तिपछि मात्र नेपालमा लगानीको वातावरण खुकुलो हुँदै गएपछि वि.सं. २०१६ सालमा झापा जिल्लाको रङ्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजी स्तरको पहिलो चिया बगान स्थापना भयो । इलाममा ठूला बगान (टि स्टेट) र साना किसानले करिब २० हजार घरधुरी चिया खेतीमा संलग्न रहेको राष्ट्रिय चिया तथा कफि विकास बोर्डले जनाएको छ । इलाममा कूल ४८ हजार घरधुरी छन् । कूल चिया कृषकमध्ये ७ हजार साना किसान छन् । इलाममा मात्रै ८ सय ५ हेक्टर क्षेत्रफलमा चिया खेती फैलिएको छ । इलामका वार्षिकरुपमा ४१ लाख ४६ हजार २ सय ७२ किलो चिया उत्पादन हुने गरेको चिया तथा कफी विकास बोर्ड इलामले जनाएको छ । tea ilam (3)
चियाको निजी र सरकारी पहलमा चियाको उत्पादन हुन थालेपछि वि.सं. २०२३ असोज २३ गते सरकारले नेपाल चिया विकास निगमको स्थापना ग¥यो । शुरूवाती दिनहरूमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरूलाई हरियो पत्ती बेच्नु पर्ने अवस्था थियो । यस कुरालाई ध्यानमा राखी वि.सं. २०३५ मा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलो पटक प्रशोधन कारखाना स्थापना गरियो । अहिले ईलाममा मात्रै कन्याम टि स्टेट देखि एक करोड भन्दा बढी लगानीमा सञ्चालनमा १८ वटा उद्योग रहेका छन् । त्यस्तै १ सय किलो देखि ५ सय किलो सम्ममा चिया उत्पादन गर्ने ४० भन्दा बढी उद्योग रहेको छन । tea ilam (5)
कन्याम टि स्टेट २२ सय रोपनीमन फैलिएको छ । नेपालमा विशेषत ३ प्रजातिको चिया खेती गरिन्छ । आसामी र कम्बोडियाली प्रजातिको चिया सिटिसी चिया उत्पादनको लागि प्रयोग हुन्छ भने चिनिया प्रजातिको चिया अर्थोडक्स चियाको उत्पादनमा प्रयोग हुन्छ । त्यस्तै, नेपाली सिटिसी चिया पनि कडकपन, चमकपन र तिक्खरताका लागि प्रसिद्ध छ । त्यसैले नेपाली चिया वास्तवमै प्रकृतिको अनुपम उत्पादन हो । इलाममा उत्पादन हुने चियाको ९० प्रतिशत भन्दा बढी अर्थोडक्स चिया उत्पादन हुन्छ ।

script> (adsbygoogle = window.adsbygoogle || []).push({});

वि.सं. २०३५ देखि २०४५ को एक दसकमा नेपाल चिया विकास निगमले साना कृषकहरूलाई पनि चिया खेतीमा लाग्न धेरै प्रोत्साहनका कार्यक्रमहरू गर्यो । विस्तारै विस्तारै चिया उद्योगले गति लिँदै गयो र एउटा नाफामूलक व्यवसायको रूप लिन थाल्यो । चिया उद्योगले राज्यको आर्थिक र सामाजिक विकासमा पुर्याएको योगदानलाई ह्रदयंगम गर्दै वि.सं. २०३९ सालमा तत्कालिन राजा वीरन्द्र शाहको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम) लाई चियाक्षेत्र घोषणा गर्यो । tea ilam (14)
चिया विकास निगम नाफामूलक संस्था भएकाले चिया क्षेत्रको थप विस्तार एवम् विकासका लागि सरकारी स्तरकै गैरनाफामूलक संस्थाको अवश्यकता महसुस गरियो । फलस्वरूप वि.सं.२०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो । नेपाल सरकारले सरकारले राष्ट्रिय चिया नीति २०५७ र राष्ट्रिय कफी नीति २०६० स्वीकृत गरी लागु गरेको छ । चियाको प्रवद्धनका लागि नेपाल सरकारले बैशाख १५ लाई राष्ट्रिय चिया दिवसको रुपमा पनि मनाउने गरेको छ । आज १९ औँ राष्ट्रिय चिया दिवस हो ।

script> (adsbygoogle = window.adsbygoogle || []).push({});

सरकारले चियाको पकेट क्षेत्र घोषणा गरेर उत्पादन बिस्तार गरिरहेको छ । बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले गत आर्थिक बर्ष २०७१।७२ मा २६ हजार हेक्टरमा खेती भई २ करोड ३१ लाख किलो चिया उत्पादन भएको बताए । त्यसमा १ करोड ८२ लाख किलो सिटिसि र ४९ लाख किलो अर्थोडक्स चियाको उत्पादन स्थिति छ । tea ilam (4)
बोर्डले चिया क्षेत्रका समस्या समाधान गर्नका लागि आवश्यक बजेटको अभाव भएको बताएको छ । योजना अधिकृत लुइतेलले चालू आवमा ११ करोड बजेट रहेकोमा आगामी आव २०७३÷७४ मा घटाएर ६ करोड ५० लाखमा सिमित गरिदिएकोभन्दै बोर्ड र किसान गुनासो गर्छन् ।
बोर्डका अनुसार चिया उद्योगले करिब ५७ हजार ५०० श्रमिकलाई प्रत्यक्ष रोजगारी दिएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार गत आवमा २ अर्व ६८ लाख रुपैयाँ बराबारको ११ हजार १ सय ४२ टन चिया निर्यात भएको थियो ।
चिया प्रवद्र्धनमा सहयोगका लागि गतवर्षदेखि बोर्डले छुट्टै ट्रेडमार्क दर्ता गरी सञ्चालनमा ल्याएको छ । ट्रेडमार्क दर्ता गरेर हिमालय अर्थोडक्सलाई प्रयोगका लागि दिईएको बोर्डले जनाएको छ । अर्थोडक्स उत्पादकले आफ्नो फरक पहिचान आवश्यक परेको भन्दै ७ वर्षअघिदेखि बोर्डसँग माग गर्दै आएका थिए ।



tea ilam (7)
tea ilam (8)tea ilam (9)tea ilam (10)tea ilam (11)tea ilam (12)

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress