४० हजार बढी लाइसेन्स, ब्लुबुक र रुट परमिट खारेज गरिँदै


 

काठमाडौं–तपाईंको सवारी चालक लाइलेन्स, रुट परमिट कागजात र सवारी किताब (ब्लुबुक) प्रहरीले लिएको छ ? वा प्रतिलिपि लिएर तपाईं सवारीसाधन चलाउँदै हुनहुन्छ, होसियार जति बेला पनि सुन्न सक्नुहुन्छ, तपाईंसँग सवारी साधन चलाउने कुनै वैधानिकता छैन ।

विभिन्न कारबाहीमा परि ७ वर्षदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखामा थन्किएका १५ हजारभन्दा बढी लाइसेन्स, रुट परमिट कागजात र सवारी किताब प्रहरीले खारेजीको लागि यातायात व्यवस्था विभागलाई सिफारिस गरेको छ । मोटरसाइकल, बस, माइक्रोबस, ट्रकलगायत सवारीचालक वा धनीको कागजात खारेजीका लागि सिफारिस गरेको हो ।

महाशाखाका डीआईजी प्रकाश अर्यालले विभिन्न कारबाही परेकाहरूको प्रहरीले कागजात लिए पनि पुनः लिन नआएकाहरूको खारेजीका लागि सिफारिस गरेको जानकारी दिए । उनका अनुसार प्रहरीले १० हजार ४ सय ४६ लाइसेन्स, १५ सय ६५ सवारी किताब (ब्लुबुक) र १५ सय ७६ रुट परमिट (बाटो इजाजत) प्रमाणपत्र खारेजका लागि सिफारिस गरेको हो। यातायात व्यवस्था विभागसँग समन्वय भइसकेको छ, उनले भने, ‘कारबाहीमा परेकाहरूको कागजात खारेजी हुन्छ, गल्ती गर्नेले अर्को प्रमाणपत्र बनाएर चलाउन पाइन्छ भन्ने मानसिकता अब त्याग्नुपर्छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress