एक वर्षमा ३ करोड लिटर तेल गायब


 

काठमाडौं–नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७१ /७२मा खरिद गरेभन्दा कबिर तीन करोड लिटर तेल कम बिक्री गरेको छ ।

तापक्रम र प्रशासनिक चुहावटका कारण इन्धन नोक्सानी भएकाले कम परिणाम बिक्री भएको निगमको दाबी रहेको छ ।

०७१/७२ को अडिट रिपोर्ट अनुसार निगमले एक अर्व ६२ करोड ८५ लाख ४३ हजार लिटर तेल इन्डियन आयल कर्पोरेशनबाट खरिद गरेको थियो ।

जसमध्येबाट १ अर्ब ६० करोड १२ लाख ९१ हजार लिटर मात्रै बिक्री गरेको तथ्यांक अडिट भएको छ । खरिद र बिक्रीबीच अन्तर देखिएको दुई करोड ७२ लाख ५२ हजार लिटर इन्धनको हिसाब नै छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress