नेपाल तीन स्थान उक्लियो, विश्व क्रिकेट लिग च्याम्पियनसिको अंक तालिकामा नेपाल पाँचौ स्थानमा


पारस खड्का र शरद भेषवाकरको उत्कृष्ट प्रदर्शनद्वारा नेपालले नामिविया ३ विकेटले हराउँदै अंक तालिकामा शीर्ष पाँच मा उक्लिएको छ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरर्गत नेपालले दोस्रो खेलमा नामिवियालाई ३ विकेटले पराजित गरेको हो। योसँगै नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष ४ मा पर्ने आशा जिवितै कायम राखेको छ।

नेपालले यसअघिका चारै खेलमा पराजित भएको थियो । त्रिवि क्रिकेट मैदानमा पाएको विजयपछि नेपालले युएई, नामिबिया र पिएनजीलाई उछिन्दै आठ राष्ट्र सहभागी अंकतालिकाको पाँचौ स्थानमा उक्लेको छ । २०१७ को मध्यसम्म चल्ने च्याम्पियनसिपका शीर्ष चार टोली २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोटमा पुग्नेछन्।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress