शाहरूखको अघि लजाइन् सनी


चैत्र २४, २०७२- लाज कसलाई नलाग्ला र ? आखिर पोर्न स्टारको छवि बनाइसकेकी सनी लियोनी पनि बलिउड सुपरस्टार शाहरुख खानका अघि पर्दा लजाइन् । कुनै बेला आफू शाहरुख, आमिर खान जस्ता हस्तीसँग स्क्रिन सेयर गर्न लालायित रहेको सार्वजनिक टिप्पणी गरेपछि विवादमा परेकी सनीले अन्तत: शाहरुखसँग त्यो मौका पाएकी हुन् ।

फिल्म ‘रइस’ मा सनीले आइटम डान्सका लागि मौका पाएकी हुन् । गुजरात पष्ठभूमिमा आधारित ‘रइस’ क्राइम थ्रिलर फिल्म हो । जसमा शाहरुख पाकिस्तानी नायिका माहिरा खानसँगै देखिँदै छन् ।

राहुल ढोलकियाको निर्देशन रहेको उक्त फिल्ममा सनी नायक शाहरुखसँग ‘लैला ओ लैला…’ बोलको गीतमा आइटम डान्सरका रूपमा देखिन लागेकी हुन् । ‘कुर्बानी’ फिल्मको उक्त गीतलाई ‘रइस’ मा पुन:प्रयोग गरिएको हो । हालै उक्त गीतको सुटिङमा सनी शाहरूखसँग इन्काउन्टर भएपछि लाजले पानी पानी भएको स्वयंले मिडियासामु बताएकी थिइन् ।

‘मैले केही सोच्न पनि सकिरहेकी थिइनँ त्यो बेला शाहरुख जस्ता व्यक्ति मेरो सामुन्ने थिए’ सनीले शाहरुखसँगको पहिलो भेटबारेको आफ्नो अनुभव सेयर गर्दै थपिन्, ‘के भनेर बोल्ने मैले मेसो नै पाइरहेकी थिइनँ । मलाई पहिलो पटक उनीसँग काम गर्दा लाज लागिरहेको थियो ।’

तर शाहरुखले भने सनीको दिल जितेछन् । ‘शाहरुख एकदम राम्रो मान्छे रहेछन् । उनी उत्तिकै व्यावसायिक पनि लाग्यो । तर म भने पहिलो दृश्यमै एकदमै भावुक भइरहेकी थिएँ । खाली मेरो मुखबाट ‘ओ गड’ मात्रै निक्लिरहेको थियो,’ सनीले भनिन् । ‘बिग बोस’ हुँदै बलिउड इन्ट्री मारेकी सनीले करिअरको छोटो समयमै शाहरुखसँग स्क्रिन सेयर गर्ने मौका पाएकी हुन् ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress