सञ्चार उद्यमी सिंघानिया हत्याका योजनाकार चन्द्रदीप यादव पक्राउ

 

चैत्र १७, २०७२- सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका प्रमुख योजनाकार चन्द्रदीप यादवलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा प्रहरीका अनुसार उनलाई बुधबार जनकपुर नगरपालिका-१ स्थित वकिल टोलबाट पक्राउ गरिएको हो । जनकपुर टुडेका प्रकाशक सिंघानियाको ०६७ फागुन २७ गते फागू पूर्णिमाको दिन जनकपुरको शिव चोकमा गोली हानी हत्या गरिएको थियो ।

यसअघि प्रहरीले सिंघानिया हत्या आरोपमा तीन जना पक्राउ परिसकेका छन् । उनीहरुकै सूचनाका आधारमा यादवलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

आरोपित यादव गणेशमान चारनाथ नगरपालिका-६ का बासिन्दा हुन् । उनी दोस्रो संविधानसभामा फोरम लोकतान्त्रिकबाट चुनाव समेत उठेका थिए । उनले भारतको जयनगरमा बसेर सशस्त्र समूहसँग मिलेर नेपालमा अपराधिक गतिविधि चलाउँदै आएको प्रहरीले बताएको छ ।

यादव माथि गत माघमा नेपाली कांग्रेसको जिल्ला अधिवेशनको क्रममा २ जनाको हत्या गरेको मुद्धा पनि छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress