पानी नपरेसम्म तुँवालो कायमै रहने, पानी पर्ने संकेत तत्काल छैन


भिजिबिलिटि पनि घट्यो–मौसमविद् 

चैत्र १४, २०७२- केही दिनदेखि राजधानीसहित देशका धेरै जसो ठाउँमा देखिएको तुँवालो पानी नपरेसम्म नहट्ने मौसमविद्ले बताएका छन् । तर, तत्कालै पानी पर्ने संकेत पनि देखिएको छैन ।

पश्चिम नेपालमा भने गड्याङगुडुङसहित छिटफुट वर्षा हुन सक्ने अनुमान छ । ‘पानी पनि परेको छैन, हावा पनि पटक्कै चलेको छैन’, त्रिभुवन विमानस्थलस्थित् जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुणराज पौडेलले आइतबार कान्तिपुरसित भने, ‘पानी नपरेसम्म यो तुँवालो यस्तै रहन्छ ।’

script> (adsbygoogle = window.adsbygoogle || []).push({});

उनका अनुसार हावा नचलेका कारण विभिन्न स्रोतबाट काठमाडौं खाल्डोमा भित्रिएको प्रदूषण आकाशमा यत्तिकै तैरिएर बसेको छ । ‘राजधानी कचौरा आकारको भएको र हावा कत्ति पनि नलागेकाले सबै प्रदूषण आकाशमै थुप्रिएको छ’, पौडेलले भने ।

script> (adsbygoogle = window.adsbygoogle || []).push({});

काठमाडौं विश्वविद्यालय, धुलिखेलमा मौसम विज्ञानका अध्यापक मणीरत्न शाक्यका अनुसार भारतको राजस्थानलगायतका स्थानबाटसमेत धूलोका कण भित्रिएकाले आकाशमा तुँवालो बढेको हो । ‘वनमा लाग्ने डढेलो, इँट्टा कारखानासहित औद्योगिक प्रदूषण पनि यसका स्रोत हुन्’, शाक्यले भने, ‘हिउँदमा प्राय: पानी नपर्दा यस्तै हुन्छ ।’

महाशाखाका मौसमविद् पौडेलले भारतको दिल्लीको आकाशमासमेत उच्च चापीय क्षेत्र विकास भएको र त्यसकै असर यहाँसम्म परेको उल्लेख गरे । अधिकांश समय आकाश तुँवालोले ढाक्ने भएकाले राजधानीको आकाशमा भिजिबिलिटीसमेत घटेको उनले जनाए ।

‘हवाई उडानका लागि तीन हजार मिटर चाहिनेमा अहिले १५ सय देखि दुई हजार मिटर मात्र भिजिबिलिटी छ’, उनले भने ।

 काठमाडौं एसियाकै प्रदूषित सहर, विश्वमै तेस्रो

चैत्र काठमाडौं एसियाकै सबभन्दा प्रदूषित सहर बनेको छ । सर्बियास्थित अनुसन्धानमूलक वेबसाइट ‘नुम्बियोडटकम’ ‘पछिल्लो प्रदूषण सूचाकांक’ अध्ययनले काठमाडौं विश्वमै तेस्रो प्रदूषित सहरमा परेको देखाएको छ ।

Ktm_valley_view_from_Indra_Dahaअध्ययनका अनुसार काठमाडौंमा वायु प्रदुषणका साथै फोहोर र त्यसको उचित व्यवस्थापन नहुनाले हुने प्रदूषण उच्च विन्दुमा छ भने खानेपानीमा हुने प्रदूषण पनि उच्च विन्दुमा छ ।
एसियाको प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा छ । फिलिपिन्सतको मनिला दोस्रो र भारतको नोयडा तेस्रो स्थानमा छ । बेइजिङ १३औं नम्बरमा छ । एसियाको यो सूचीको सबभन्दा पुछार ७४औं नम्बरमा जापानको टोकियो छ ।

विश्वकै दूषित सहरको सूचीमा काठमाडौं ९६.६६ अंकसहित तेस्रो स्थानमा परेको हो । विश्वकै सबभन्दा दूषित सहरमा मासेडोनियाको टेभोगो र दोस्रो स्थानमा इविप्टको सिकागो छ । दुवैको अंक ९९ प्लस छ ।

काठमाडौंसँगै छिमेकी मुलुक भारतका दुई सहर विश्वकै मुख्य १० प्रदूषित सहरको सूचीमा परेका छन् । भारतको नोयडा विश्वकै छैटौं, राजधानी दिल्ली आठौं र उत्तरी छिमेकी मुलुक चीनको ग्वान्झाओ सातौं प्रदूषित सहरमा सूचीकृत भएका छन् ।

विश्वमै प्रदूषित सहरको सूचीमा बंगलादेशको ढाका १४औं, ब्रजिलको साओ पाउलो १६औं, भारतको मुम्बई १७औं, चीनको बेइजिङ १८औं र पाकिस्तानको कराँची २०औं स्थानमा छन् ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress