१५ सयभन्दा बढी सवारीसाधन नियन्त्रणमा, २ सयभन्दा बढी पक्राउ


प्रहरीले काठमाडौंमा १२०, भक्तपुर २६ र ललितपुरमा ८७ जना पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रमसिंह थापाले जनाए । ट्राफिक प्रहरी र जनपद प्रहरीको सक्रियतामा मंगलबार बिहानैदेखि मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनेलाई पक्राउ गरिएको हो । ‘विगतभन्दा यो वर्ष होली निकै शान्त भयो,’ थापाले भने, ‘मादक पदार्थ सेवन गर्ने, होहल्ला गर्नेलाई बिहानैदेखि नियन्त्रणमा लियौं ।’

ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई पनि पक्राउ गरिएको छ । महानगरीय ट्राफिक महाशाखा डीआईजी प्रकाश अर्यालले १४ सयभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिएको बताए  । ‘ट्राफिक लेन उल्लंघन गर्नेलाई नियन्त्रण लिई कारबाही चलाएका छौं,’ उनले भने । मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने र सार्वजनिक स्थलमा होहल्ला गर्नेलाई पक्राउ गरिएको एसएसपी पीताम्बर अधिकारीले बताए । घटनाको प्रकृति हेरेर पक्राउ परेकालाई छाडिने उनले बताए ।

होली पर्वको सुरक्षाका लागि उपत्यकामा ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । साथै ९३ स्थानमा चेकजाँच गर्न डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress